Lifestyle Portal
  •   १२ चैत्र २०७९, आईतवार

न्यूजिल्याण्ड हमलामा मारिएका सबैभन्दा कान्छा यी बालक

८ चैत्र २०७५, शुक्रबार २०:१५

लोकप्रिय

३ वर्ष उमेरका मुकाद इब्राहिमका आँखा खैरा थिए, उनी आइप्याड र मोबाईलमा गेम खेल्दा सर्वाधिक खुशी र सन्तुष्ट देखिन्थे । उस्का दाई अब्दी इब्राहिमका अनुसार आफ्ना भाइ रोएको उन्ले कहिले देखेनन्, उ सँधै हासिरहन्थ्यो भनी उन्का दाइले एजेन्सीलाई बताएको खबर हफिगंटन पोष्टले छापेको छ ।

राम्रोसंग हिँड्न पनि नसक्ने यि नावालक शिशुको जीवन अत्यन्त छोटो रहेछ, गत हप्ताको न्यूजिल्याण्ड बन्दुकधारी प्रकरणमा नुर र लीनवुड मस्जिदमा मारिएका ५० जना इस्लामीक धर्मावलम्बीहरुको सूचीमा सबैभन्दा कान्छा यि ३ वर्षे बालक छन् । अब्बी इब्राहिमले आफ्नी आमाको अवस्था वर्णन गर्दै केहि समय चुप लाग्नुहुन्छ तर जब यस घटनाको कुरा र समाचार अनि मेरो भाइजस्तै कोही बालक देख्नुहुन्छ, वहाँ रुन थाल्नु हुन्छ र रुँदारुदै मुर्छा पर्नुहुन्छ भनेका छन् ।

यी मृत बालक मुकादको परिवार सोमालियाबाट २० वर्षअघि न्यूजिल्याण्ड बसाँई सरेको हो । सोमालियाको गृहयुद्धबाट ज्यान जोगाँउदै विदेशमा छिरेका यस परिवारका सदस्यहरु सँधै हरेक शुक्रवार अल नुर मस्जिदमा जाने गर्दथे । परिवारका सदस्यहरु मस्जिद जाँदा मुकाद नजिकैको पार्कमा फुटवल खेल्न र आफ्ना दाजुले खेलेको हेर्न र ताली बजाउन दाजुसंगै जान्थे । तर गत शुक्रवार उनी पार्कमा फुटवल खेल्न गएनन् र अब कहिले जाने छैनन । अब मेरो भाइले तारको जाली बाहिरबाट मैले खेलेको हेरेर ताली बजाउने छैन,मुकादका दाइले आँखाभरि आँशु पार्दै बताए । हत्याको समय मुकाद आफ्ना पिताको काखमा थिए । सँधै आफ्ना दाजुले पब जी गेम खेल्दा दाजुको काखमा बस्ने मुकादले बन्दुकधारीको आक्रमणलाई गेमको दृश्यका रुपमा लिए र उत्साहजनक रुपमा दौडदै बन्दुकधारीको नजिकै गए तर बन्दुकका गोलीले यि ३ वर्षे बालकलाई छियाछिया हुनेगरि लडायो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै