
प्राध्यापक डाक्टर मदन दाहालप्रति हार्दिक श्रद्धान्जली
८ चैत्र २०७५, शुक्रबार २०:०९
अर्थशास्त्री प्राध्यापक डाक्टर मदन दाहालको आज (शुक्रबार) निधन भएको छ । पेटको रोगबाट ग्रसित डाक्टर दाहालको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको छ ।त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक, स्वर्गीय दाहालसँग सार्वजनिक वित्त तथा करका विषय धेरै जानकारी थियो । उनीसँग नेपाल सरकार अर्थमन्त्रालयले पनि आर्थिक विकासका विषयमा नियमित सल्लाह लिने गरेको थियो । स्वर्गीय दाहालले एसियाली विकास बैंकका लागि अन्तर्राष्ट्रिय परामर्शदाता,मेघा बैंकका पहिलो सञ्चालक समिति अध्यक्ष रहेका दाहाल आईएसएसआर (इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च) का संस्थापक निर्देशक पनि थिए । उनी नेपाल आर्थिक संघका पूर्वअध्यक्ष पनि हुन् । विभिन्न आर्थिक क्षेत्रमा काम गर्ने संस्थाको नेतृत्व गरेका दाहालले देशको आर्थिक विकासका लागि विभिन्न योजना पनि अघि सारेका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै