
एउटा सत्य योगी
९ चैत्र २०७५, शनिबार ०६:१८
योगसाधना अनि सिद्धिको मुख्य आधार भनेकै सन्तुलन हो, हरेक अवस्था र वातावरणमा पनि सन्तुलनमा रहि आफूलाई नियन्त्रण अनि संयममा राख्न सक्ने र चित्त शुद्धिको अवस्था नै सिद्धि हो । जब साधनाको माध्यमले दिमाग, अगं अनि चाहहरु आराम गर्दछन अनि चेतनाको वृद्धि हुँदै मान्छे आँफैभित्र लीन हुन्छ र ज्ञानको प्रवाह शुरु हुन्छ त्यस अवस्थालाई योग अभ्यासको सहि अवस्था मानिन्छ ।
गीतामा कृष्णले हावाहुरीमा पनि स्थाही रुपमा बलिरहेको दियोसंग योगसाधनालाई तुलना गरिदिएका छन् । जसरी हावाहुरीसंग बिचलित नभई दियो बल्दछ त्यस्तै चाहना र इन्द्रियहरुका आदेशबाट बाहिर चेतनाको प्रवाह गरिरहन सक्नुलाई योगअभ्यास मानिन्छ । हामी सकल प्राणीहरु आफ्ना इन्द्रियको वसमा छौं, यस वसलाई तोडेर चेतना र ज्ञान मार्गको पथ नै योगाको शुरुवात मानिन्छ ।
एउटा सत्य योगी भौतिक कुराहरुबाट सुखी रहन सक्दैन, उ आँफैभित्रको विश्वको खोजी र अन्वेषणमा हराएको हुन्छ । एउटा शिवभक्तको कथा यहाँ प्रस्तुत छ, शिवभक्त हात्तिपाइले रोगको शिकार भएक हुन्छन र उनी निकै पीडा र छटपटाहटमा चिच्याइरहेका हुन्छन । पार्वतीले शिवलाई उस्को यो पीडाबाट मुक्ति जरुरी छ भनेंर आग्रह गर्दा शिवले उक्त भक्तलाई आशिर्वाद दिने हेतुले गएर प्रश्न गर्दछन् ।
शिवः तिमी निकै पीडामा रहेछौं, म के वरदान दिऔं ?
भक्तः परमेश्वर मेरो यो पीडालाई यो गोडाबाट अर्कोमा सारिदिनुहोस् ।
पार्वती भक्तको यो कुरा सुनेर छक्क पर्दछिन, आखिर किन उस्ले पीडाबाट मुक्ति खोजेन त ? शिवले सबै कुरा बिस्तारमा बताएको प्रसंग शिवपुराणमा पाइन्छ । एउटा योगीले भौतिक कुराहरुको सयलमा वास्ता गर्दैन, उस्लाई आफ्नो भित्रको संसार र शिवमार्ग यति प्यारो छ कि पीडाको उपस्थिती र निदानले भित्रिरुपमा उस्मा खासै फरक पर्दैन । वास्तवमा योगसाधनामा लागेका सन्तहरुका लागि भौतिक कुराहरुले कुनै महत्व राख्दैन, जो योगमा लागेको छ उ सर्वश्रेष्ठ खुशीको अवस्थामा रहन्छ ।
आँफैम परिपूर्ण भएका योगीहरु नै सत्य योगी हुन जो आफ्नो इन्द्रियको वसबाट माथि अलौकीक संसार र अध्यात्मिक खुशीको खोजमा हुन्छन् । आजभोली योगीको नाममा अनि ध्यान साधनाको कलाको नाममा निकै व्यापार र कारोवार शुरु भएको छ । व्यापारी र योगी दुईटा अलग र उल्टो धार हो । योग आफुभित्रको आफुमा निहित तर निरेपेक्ष चेतनाको प्रगाढता हो । उदहारणका लागि बाइबललाई नै लिऔं, जिसस क्राइस्टको धैर्यताको यहाँ वर्णन गर्नैपर्छ । त्यतिका मानसिक, शारीरीक र भावनात्मक पीडामा रहँदा पनि उनले कुनै पीडाका छनकहरु आफुमा पर्न दिएनन, जिससको जीवनी हेर्दा पनि जीवनकालमा पुर्वका देशहरुमा भारतीय उपमहाद्धिपका ठाँउहरुमा उन्ले योग सिकेको पाइन्छ । योगको सिद्धिले देखेको पीडा र बुझेको भावना भन्दा निकै बाहिर हामीलाई परमात्मा तत्वको काखमा लिएर जान्छ । चेतनामा वृद्धि गर्दछ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै