Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

ब्रीज माथिको सेल्फी

९ चैत्र २०७५, शनिबार ०९:००


सेल्फिको रहरले पनि गर्नुगर्ने रैछ । काठमाण्डौका एक यूवाको सेल्फी मोह यहाँ प्रस्तुत छ, पढेर अचम्म मान्नुहोला । अझै पूर्णतः तयार नभईसकेको पुलमाथि पदयात्रीहरुको आँखा छलेर अनि सुरक्षाकर्मीको पहरा छिचोल्दै यी युवकले पुलमाथि सजिलै चढेर केहि सेल्फी खिच्न सफल भए ।

काठमाडौको बदलिँदो मौसम र पानीका हल्का छिटाले यिनलाई असुरक्षित यस्तो डरलाग्दो आर्क ब्रिजमाथि चढ्नबाट रोक्न सकेन । हातमा छाता लिएर उनि पुलको कंक्रिट बनौटमाथि चढ्दै गरेको देखियो ।

बबरमहल र नयाँ बानेश्वर जोड्ने धोबिखोला (रूद्रमती) मा बनेको नेपालको पहिलो आर्क ब्रिज माथि चढेर सेल्फि लिए लगत्तै उनि फटाफट आफ्नो गन्तव्यतर्फ हानिए ।

उनले पुलको भिमकाय बनौटमाथी सहजै गरेको यात्रा देख्दा हाम्रो विकास निर्माणका प्रगतिहरु कति असुरक्षित ईन्जिनियरीङ पस्किंदैछ भन्ने कुरालाई पनि छताछुल्ल पारेको छ ।

सार्वजनिक सरोकारका कुनैपनि विकासका संरचनाहरु तयार गर्दा कम्तिमा त्यो अनेक सुरक्षाका हिसाबले कत्तिको जोखिमपूर्ण छ भनेर सुनिश्चित भएको हुनुपर्छ तर नेपाल मैं पहिलो नमूना भनेर प्रचार प्रसार गरिएको यो संरचनामा सुरक्षाका सवालमा शून्यपनि अध्ययन नभएको स्पष्ट हुन्छ । यस्ता असावधानीपूर्ण विकास निर्माणहरु अनावश्यक दुर्घट्नाको कारण नबनुन ।

साभार: Mrr (Mens Room reloaded)

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै