
के हुँदैछ यस साता द भ्वाइस मा ?
३० कार्तिक २०७५, शुक्रबार १२:३८
संगीतीक यात्रा झन रोचक भैरहेको छ, उत्कृष्टबाट उत्कृष्टको खोजिमा लागिपरेको भ्वाइस अफ नेपालमा लाइभ राउण्डको मञ्चबाट । लाइभ राउन्डको अबको शृखंलामा मखमली आवाजका धनि सनुपको टिम सनुप र आधनीक सङ्गीका उस्ताद प्रमोद खरेलको टिम प्रमोदबाट ३—३ आवाजहरुले आफनोे बेजोड प्रस्तुति प्रस्तुत गदैछन ।
टिम प्रमोदको तर्फबाट यो यस साता ब्लाइन्ड राउण्डमा ”नचाहेको होइन तिमीलाई” भन्दै सम्पुर्ण कोचहरुको मनमा आफनो टिममा ल्याउने चाहाना बनाउन सफल काठमाडौका आशिष गुबाजु, “मलाई छुने मेरो हुने अधिकार तिमीलाई मात्रै छ” भन्ने प्रस्तुतिका साथ कोचहरुको मनमा अधिकार जमाउन सफल धरानका सुरज तामाङ्ग र बिराटनगरका सिर्जय थपलियाको सुरिलो स्वर गुञ्जिने छन भने टिम सनुपबाट “अलि अलि भए पनि माया देऊ“ भन्दै सम्पुर्ण कोचको माया पाउन सफल धनगढिकी शैलु, देश बाहिर भए पनि नेपाली भाषा, संस्कृतिलाई माया गर्ने शिलुगडिकी सनिध्या थापा र भ्वाइस अफ नेपालको मञ्चमा पहिलो पटक “हेर्दा राम्रो माछापुच्छे्र“ भन्दै कोचहरुको मनमा राम्रो स्थान बनाउन सफल सन्तोष राना मञ्चमा आफनो दमदार प्रस्तुति लिएर आउदै छन ।
द भ्वाईसका यि सबै ट्यालेन्टका फेरिहिस्त हेर्दा फरक फरक गायन अनि सांगितिक स्वाद यस साताको शनिबार हामीले हेर्न पाउने पक्का छ । द भ्वाइस जहाँ आवाजको खोजि गरिँदैछ, नेपालले चुनेको आवाज । शो को समापन संगै आफ्नो मानपर्ने ट्यालेन्ट छान्ने अभिभारा दर्शकहरुको हातमा दिइनेछ, भोटिगं मार्फत हामीले आफ्नो मनपर्ने आवाजलाई मञ्चमा टिकाइरहनका लागि भोट गर्न सक्नेछौं । ए साँच्चै अनि तपाईले द भ्वाइस अफ नेपाल मोबाइल एप्स डाउनलोड गर्नुभयो त? आफ्नो मनपर्ने ट्यालेन्टलाई अनलाइन भोट गर्न अनि द भ्वाइसका कार्यक्रम र गतिविधीसंग थप नजिक हुन यस एप्स डाउनलोड गर्नुहोला ल ।
भ्वाइस अफ नेपाल चुन्ने यो महाअभियानमा अव कोचको साथसाथै सम्पुर्ण सङ्गीतलाई माया गर्नेहरुको पनि उत्तिकै भुमिका रहने छ । प्रत्येक टिमबाट तिनजना प्रतियोगि मध्येबाट उत्कृष्ट एक एक जना छान्ने जिम्मेवारी कोचहरुमा रहने छ र बाकी प्रतिस्पर्धीको यस साङ्गीतिक यात्रा तय गर्न भोटको महत्वपुर्ण भुमिका रहने छ । त्यसकारण यो एउटा नेपालको स्वर छान्ने अभियानमा आफनो मनपर्ने स्वरलाई एस.एम.एस तथा अनलाइन भोटिङ्ग गर्न सकिनेछ । भोटिङका लागि थप जानकारीहरु कार्यक्रमको दौरान दिइनेछ, तयार हुनुहुन्छ नि ?
यस साताका प्रस्तुतिहरु
टिम प्रमोद
आशिष गुबाजु,
सुरज तामाङ्ग
सिर्जय थपालिया
टिम सनुप
शैलु आर एल सिंह
सानिध्य थापा
सन्तोष राना
द भ्वाइस अफ नेपाल हेर्दैरहनुहोला ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू