श्रीकृष्ण वचन, भागवत गीताबाट


गीतामा अर्जुनलाई श्रीकृष्णले भक्तियोगा का विषयमा भन्दैगर्दा कृष्णको वचनले एउटा नयाँ शब्द उच्चारण गर्दछ । मेअभेश्यामनाह उक्त शब्द हो । यसको अर्थ हुन्छ हामीले दिमागलाई परमात्माको तर्फ लीन गराउने संयन्त्र विकास गर्नुपर्दछ । यसैशब्दलाई कृष्णले मानव जीवनको अन्तत उदेश्य र मोक्षसंग जोडेको पाइन्छ । पछि कृष्णले अर्को शब्द नित्ययुक्ताह उच्चारण गरेको पाइन्छ, यसको अर्थ हो कृष्णसंग सदैव साथ रहन । अतः अनुपम आनन्द र जीवनको अन्तत उदेश्य प्राप्तीका लागि हामीले आफ्नो चेतना र इन्द्रियहरुलाई परमात्मातत्वको उजागरता सम्मुख राख्नुपर्दछ । कृष्णले आफुप्रति चेतना फर्काएका सम्पूर्ण योगीहरु परमात्मा संग नजिक र उत्तम साधकहरु रहने बताएको पाइन्छ । अर्जुनको अर्को प्रश्न रहन्छ , हे कृष्ण यदि कसैले आफ्नो उपस्थिती र जागरणका लागि योग गर्दछ भनें उनीहरुको मोक्ष कसरी हुनेछ ?

अब कृष्णले भनेका कुराहरु यस प्रकार छन् ।
कृष्णतत्व प्राप्ती सहज छैन, जबसम्म शरीर र आत्माको विभेद मानव र साधकले बुझ्दैन र नबुझि योग गर्दछ तब उस्को योग निरअर्थक ठहरिन्छ । सर्वनामको प्रयोगमा पनि म अथवा मेरो प्रयोग गर्ने मान्छेले यो साधना सर्वोच्ता पाउने छैन, कृष्ण ब्याख्या गर्दै जान्छन् । म अथवा मेरो भनेको त केवल शरीरको जनाउ गर्ने सर्वनाम हो, आत्मालाई यस पुकारले समाहित गर्न सक्दैन । आत्मा सर्वोच्च चेतनाका रुपमा हरेक प्राणीमा हुने कुरा हो तसर्थ हामीले कुनै प्राणीलाई हानी गर्न हुन्न । तसर्थ साधना गर्नेले आत्मा र चेतनाको अर्थ बुझेर इन्द्रिय भन्दा माथी उठेर परमात्मामा लीन हुन जरुरी छ चाहे त्यो मोक्षका लागि होस् या कृष्णतत्व पाउन या आफ्नो बारे जान्न नै किन नहोस् । सर्वभुते हिता रताह गीतामा धेरै पटक प्रयोग गरिएको छ जस्को अर्थको कसैलाई पनि हानी नगर्नु, हित गर्नु । सबै प्राणीमा भएको आत्माको उपस्थितीले समस्त आत्माको रक्षार्थ कसैलाई हानी नगर्नु भनिएको हो ।

कृष्णले अर्जुनलाई आत्म जागरणको परिभाषा दिँदै सर्वप्रथम शरीर र आत्माको फरक पत्ता लगाई आत्माको गुणहरु बुझ्नु नै आत्मजागरण हो । आत्मा को स्वरुप र आकार छैन तसर्थ यसको गुण जान्दै यसको महत्व बुझ्दै कृष्णतत्वको प्राप्ती नै सर्वोपरि मोक्ष हो ।


Loading comments...