Lifestyle Portal
  •   २३ बैशाख २०७८, बिहीबार

प्रदीप खड्का र गोविन्द शाहीद्वारा ४५ अनाथ बालिबालिकालाई सहयोग

९ चैत्र २०७५, शनिबार २३:२६

काठमाडौं, ९ चैत । यही २२ चैतदेखि नयाँ वर्षको अबसर पारेर देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’का तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५ जना अनाथ बालिबालिकालाई नीजि बिद्यालयमा पढाउँदा लाग्ने भर्ना सहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन् ।

काठमाडौंको गोकर्ण स्थित सयुक्त एकता अपाङ्ग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई यही बैशाखबाट बिद्यालय भर्ना सहित तीन महिना बराबरको शुल्कबापतको एक मुष्ठ रकम शनिबार बिहान प्रदान गरिएको छ ।

अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले शनिबार बिहान सो अपाङ्ग आवाज केन्द्रमा पुगेर विद्यार्थीहरुका लागि अध्ययन खर्च प्रदान गरेका हुन् ।

विद्यार्थीहरुलाई भर्ना सहित तीन महिनाको शुल्क प्रदान गर्नुको कारणबारे अभिनेता प्रदीपले भने, ‘कलाकारको दायित्व भनेको अभिनयमात्र नभएर समाजसेवा पनि हो । प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेशाका व्यक्तिहरुले विधार्थीहरुको अध्ययन खर्चा जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको बेला हाम्रो पनि दायित्व हुन आउँछ भनेरै आज हामीले यहाँ रहेका ४५ बालबालिकालाई स्कुल भर्ना सहित तीन महिनाको शुल्क पनि एकमुष्ट बुझाएका हौं ।’

बाँकी शुल्कबारे प्रदीपले भने, ‘अहिले चलचित्र लभ स्टेशनका तर्फबाट हामीले यो सहयोग गरेको हौं । यसपछिको लागि अन्य प्रोजेक्टबाट फेरी सहयोग गर्ने छौं र अरुबाट पनि सहयोग मिल्ने आशा हाम्रो छ ।’

लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले बिगतमा पनि यहाँ रहेका बालबालिकालाई सहयोग गरेको बताउँदै लभ स्टेशनका तर्फबाट सामाजिक उत्तरदायित्व स्वरुप ४५ जना विधार्थीको तीन महिनाको पढाई खर्च ब्यहोरेको बताए । करेन्टबाट दुबै हात गुमाएकी मेघा घिमिरेलाई पनि यस अघि पनि आफुहरुले एक लाख रुपैयाँ लभ स्टेशनका तर्फबाट प्रदान गरेको प्रस्तुतकर्ता शाहीले जानकारी गराए ।

सो अपाङ्ग केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले करिब एक लाख रुपैयाँ बराबरको यस खर्च सहयोगका लागि धन्यबाद प्रदान गर्दै यस्तो सहयोगको आशा अरुसँग पनि गरिएको बताए ।

गत हप्ता अभिनेता प्रदीप खड्काको जन्म दिन मनाईएको भए पनि उनका प्रशंसक ‘प्रदीप खड्का फ्यान परिवार’ले सोही कार्यक्रममा केक काटेर फेरी अभिनेता खड्काको जन्मदिन मनाए ।

चलचित्र लभ स्टेशनलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । जसमा अभिनता प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयको

काठमाडौं। कोरोना महामारीका क्रममा संक्रमितहरुले जथाभावी औषधि प्रयोग गर्न नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ। मन्त्रालयले बिहीबार एक

काठमाडौँ– नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ६६ हजार नाघेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ

काठमाडौं । कोभिड–१९ संक्रमण भई होम आइसोलेसनमा रहेकाहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाटै उपचार सेवा लिन सक्ने व्यवस्था गरेको