SEE परीक्षा दिने विद्यार्थीहरुका लागि अत्यन्त जरूरी जानकारी


1. जाँच भन्दा अगाडि एक पटक Exam Center भिजिट गर्नुहोस् ।
2. जहाँ पायो त्यहाँ बेच्न राखेको खानेकुरा नखानुस, परिक्षा अवधीभर कम्तिमा घरमै बनाएको स्वस्थ खाना खानुस् ।
3. भोली जाँच छ भन्दैमा रातभरि पढेर नबस्नुस, हाम्रो शरीरलाई आरामको पनि जरुरत पर्छ, अर्को कुरा अनिद्राले गर्दा बिरामी पनि पर्न सकिन्छ ।
4.  परिक्षा केन्द्रमा जानु अगाडि खाइने खाजामा प्रोटिन र चिल्लोको सट्टा कार्बोहैड्रेटको मात्रा बढाउनुस, यसले तपाईंको दिमागलाई एक्टिभ बनाउछ ।
5.  दिमाग “एक्टिभ” होला की भनेर चुरोट वा रक्सी खाने काम नगरनु होला ,यी बस्तुले त दिमाग झन कमजोर बनाइदिन्छन ।
6. घरबाट निस्कँदा यदी बाबाआमा हुनुन्छ भने उहाँहरुको आशिश लिएर निस्कनुहोस, तपाईंले आफ्नो गुरु वा ईश्वरलाई पनि सम्झिन सक्नुहुन्छ ।
7.  नेपाल बन्द , प्रश्न पत्र निस्कासन आदी सम्बन्धी हल्ला चल्न सक्छन, हल्लाको पछाडि कहिले नलाग्नुस ।
8. आफुलाई चाहिने सामाग्री सबै आँफैले बोकेर जानुस, साथीसँग माग्दा समय नस्ट हुन्छ ।
9. आफुलाई परिक्षामा चहिने सामाग्री हरूको लिस्ट बनाएर भित्तामा टास्नुहोस र घरबाट हिंड्ने बेलामा ती सामाग्री भए नभएको एकएक चेक गरेर निस्कनु भएमा कुनै कुरा छुट्दैन ।
10. कम्तिमा पनि १० मिनेट अगाडि नै परिक्षा केन्द्रमा पुग्नुहोस् ।
11. भीडमा अरु विद्यार्थीलाई हेरेर -‘ उनिहरू त कती धेरै पढेका होलान, मैले केही पनि जान्दिनँ ‘ आदी इत्यादी नेगेटिभ कुरा मनमा नखेलाउनुस् किनकी अरुले पनि तपाईंलाई हेरेर त्यही नै सोचिरहेका हुन्छन ।
12. उत्तर पूस्तिका पाएपछी त्यहाँ भर्नुपर्ने सबै कुराहरू भर्नुहोस् ।
13. प्रश्न पत्र पाए पछी सरसर्ती सुरुदेखि अन्तसम्म सबै प्रश्नहरुलाई हेर्नुहोस् ।
14. आफ्ना अक्षरहरूलाई सफा तरिकाले लेख्नुस् , अनावश्यक केरमेट नगर्नुस् ।
15. प्रश्नपत्र हल गर्दा सधैं सजिलोबाट सुरु गर्नुस् यसले तपाईंको आत्मबल बढाउँछ ।
16. परिक्षा हलमा साथीलाई सिकाउने अथवा साथीको हेर्ने प्रयास नगर्नुस् ।
17. जानेको छु भन्दैमा चहिने भन्दा लामो उत्तर लेखेर समय खेर नफाल्नुस् ।
18. कहिलेकाही सजिलो लाग्ने उत्तर पनि बिर्सिन सकिन्छ, त्यस्तो भएमा केही सेकेण्ड आँखा बन्द गरेर दाँया हत्केलालाई थोरै मसाज गर्नुस, यसले सम्झिन मद्दत गर्छ ।
19. आवश्यक परे मात्र Restroom जानुस् ,नत्र नजानुस् ।
20. आफ्नो उत्तरपुस्तिका अन्तिममा सुरुदेखी अन्तसम्म हेर्नुस् , कतै उत्तर छुटेको वा गल्ती लेखिएको त छैन ?
21. कहिले काही अन्तिम समयमा आएर कुनै प्रश्नको उत्तर लेख्न छुटेको वा गलत लेखेको थाहा हुन्छ , यदी त्यस्तो भएको खण्डमा लौ बर्बाद भो, म खत्तमै भएँ भनेर न आत्तिने बरु सुरुमा नै गर्नको लागि केही बढी नै समय छुट्याउने ।
22. आजको परिक्षा सकिए पछी साथीसँग “तैले कती मिलाइसरु कती बिगारिस ?” आदी बिषयमा कुरा नगरिकन् खुरुखुरु आफ्नो भोलिको जाँचको तयारीमा जुट्नुस् ।
23. सबै बिषयको जाँच सकिए पछीको जुन छुट्टीको समय हुन्छ त्यो समयमा गलत संगतमा लाग्ने वा बरालिने गर्नुको सट्टा Creative and Productive काममा सदुपयोग गर्नुहोस् ।

सामाजिक सञ्जालबाट साभार


Loading comments...