
हवाइजहाजको चिहान
१० चैत्र २०७५, आईतवार १३:००
सुन्दै अचम्म लाग्छ, हवाइजहाजको चिहान । हरेक अरु कुराहरु जस्तै एउटा हवाइजहाजको पनि आफ्नै आयु हुन्छ र त्यसको बडी अर्थात अंग्रेजी भाषामा फ्यूसलाज पनि भनिन्छ को आयु लगभग २५ वर्ष जतिको हुन्छ । हवाईजहाजलाई हवाईमैदानमा राखिरहनु अत्यन्त महँगो हुन्छ किनकि यस्को पार्किगं चार्ज ज्यादै हुनेगर्दछ । तसर्थ सेवानिवृत भएका हवाईजहाजका बडिलाई डिसमेन्टल गरिन्छ, यो प्रक्रिया वातावरणका लागि भनें नराम्रो प्रभाव पार्ने प्रक्रिया हुनेगर्दछ ।
उडान भर्नका लागि असमर्थ भइसकेका जहाजहरुमा पनि करोडौं मुल्यका इन्टेरियरहरु भित्र हुने गर्दछन् । विश्वमा पुराना हवाइ जहाजहरुलाई तह लगाउने कम्पनी हो एयर सेल्वेज इन्टरनेशनल का प्रमुख मार्क ग्रेगरीले कम्पनीमा औसत १८ वर्ष आयुका जहाजहरु कवाडीका रुपमा आउने गरेको बताएका छन् भनी सिएनएन ट्राभल्सले लेखेको छ ।तर कहिलेकाँही विशेष कारणले ८ या १० वर्ष पुराना जहाजहरु पनि ल्याउने गरेको उनी बताँउदछन् । जहाजका इन्जिन भनें कहिले पुरानो नहुने र पूर्नप्रयोग गर्न मिल्ने तर बडि भनें यसरी डिसमेन्टल गर्न ल्याउने उनले बताए ।
यसरी डिसमेन्टल गर्दा प्लेनका ससाना पुर्जाहरुले बनेका भागहरु भनें अलग पारिने र काम दिने या अर्को जहाजमा जडान गर्न मिल्ने कुरा राखिने अनि धातुको जहाजको अष्टिपञ्जर भनें एक्सकाभेटर लगाएर टुक्रा पारिने रहेछ । तथ्याकं हेर्दा अबको २० वर्ष भित्रमा अहिले उडिरहेका १२०,००० जहाजहरुलाई डिसमेन्टल गर्नुपर्ने देखिन्छ ।
सर्वप्रथम जहाज आएपछि त्यसको इन्जिन बिनाको बडीमा भएका तरल कुराहरु जस्तै पानीका ट्याकं, इन्धन, व्याट्री लगायत हटाइन्छ । त्यसपछि चाहीने कुराहरु झिक्दै नचाहिने कुरालाई डोजर लगाएर क्रश गरिन्छ । ढोका, डेटा रिकर्डर, एयर कण्डिशन आदि चाँही पूर्नप्रयोग गर्न राखिन्छ । इन्जिन, ल्याण्डीगं गियर, विन्डशिल्ड लगायतका कुराहरु पूर्नप्रयोग गर्न जतन गरिन्छ । ककपीटको भाग मात्र चाँही पाइलट प्रशिक्षणका लागि सिमुलेटर बनाउन राख्ने चलन छ । हवाइजहाजहरु रिसाइकल गर्ने हेतुले बनाइएका हुन्न अझ अहिलेका बोईगं ७४७ मोडलहरु कार्बन फाइबरले बनेका हुनाले यिनलाई त डिसमेन्टल गर्न झनै अफ्ठेरो हुनसक्ने एभिएसन पण्डितहरु बताँउदछन् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा