Lifestyle Portal
  •   २ माघ २०७८, आईतवार

के ईराकमा आइसील पराजित भएकै हो त ?

१० चैत्र २०७५, आईतवार १४:२५

द इस्लामीक स्टेट अफ ईराक एण्ड द लिभेन्टले एकजमानामा सिरिया र ईराकमा कव्जा गरेको भूमि आजको ग्रेट बिट्रेनको भूभाग भन्दा धेरै थियो भनी अलजजिराले लेखेको छ । उतिबखत आइसीलले करोडौंको सख्याँमा मान्छेहरुलाई इस्लामीक कानुन लगाएको र शाषन गरेको थियो ।

२ वर्षअघि यस समुहलाई ईराकबाट हटाएर सिरियामा मात्र केन्द्र राखेर बसेका थिए तर अब सिरियाबाट पनि क्रमश आइसील हट्दै जानुपरेको रिपोर्ट छ । गत शनिवार अमेरिकी फाइटर प्लेन पाइलटहरुले बगौज शहरबाट पनि आइसील योद्धाहरुलाई पछाडि सारेपछि अब सिरियामा आइसीलहरुको कब्जा सकिएको घोषणा गरेका छन् ।

कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसले बगौजमा आफ्नो झण्डा लहराएको बताइन्छ । हुन त भूभागका हिसाबले आइसील अब बमजोर भएपनि धारणा र दर्शनका रुपमा आइसीललाई पछ्याउने मानिसहरु भनें धेरै भएको बताइन्छ । के आइसील अब साँच्चै पराजित भएको छ त? यो प्रश्नको यथार्थ उत्तर आज राजनितीको धमिलो धूवाँमा लुकेको छ । सिरियाका शहरहरुमा चाँही आइसीलको कब्जा नभएपनि गाँउगाँउमा र गाँउले मानिसको मनमा भनें आइसीलको अझै पनि पक्कड रहेको अलजजिरा लेख्दछ । आइसीलको भूभाग कम भएपनि पक्कड कम नभएको र अमेरिकाले अब सर्जिकल स्ट्राइक नभई सिरियनको सोच र बिचारमा पनि परिवर्तन गराउनुपर्ने विष्लेषकहरुको भनाँई छ ।

तर नेपथ्यको चित्र जस्तो भएपनि आजको दिनमा आइसीलको भूभागमाथिको कब्जा र आइसील योद्धाहरुको भागदौडमा भनें निकै कमी आएको छ ।
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पक्षलाई पाखा पारेर निर्वाचनमा कसरी पहिलो पार्टी बनाउनुहुन्छ भन्दै प्रश्न