ग्रीकका भगवानहरु


स्वास्थ, सन्तुलन र सुन्दरताको मानविय चाहको फेरिहिस्त लामो छ । सनातन धर्ममा धनवन्तरीलाई स्वास्थ र सन्तुलनको देवता मानिन्छ । आज हामी ग्रीकका देवताको कुरा गर्न जाँदैछौं । आजभन्दा ३००० वर्ष पहिला विश्वको प्रथम जिमशाला ग्रीसमा बनाइएको थियो, सभ्यता र ज्ञानको शुरुवाती ग्रीसमा सुन्दरता र स्वस्थको हरेक कालखण्डमा चाह र त्यस अनुरुपका भगवानहरुको अर्चना हुँदै आएको छ । अहिलेको आधुनिक चिकित्साविज्ञानका धेरै शब्दहरु जस्तै कार्डियो, थेरापेटिक, पेनक्रियास लगायतका शब्दहरु प्राचिन ग्रीक शब्दहरुबाट साभार गरिएका हुन् ।

ग्रीकहरुले स्वास्थका देवताका रुपमा हजारौं वर्षदेखि अपोलोको अर्चना गर्दै आएका छन् । सरल भाषामा हामी ब्याख्या गर्दछौं, अपोलो अर्थात एउटा ग्रह अथवा यहाँहरुको स्कुले जीवनमा सर्वाधिक राम्रो देखिने, स्वस्थ अनि पढाईमा अब्बल साथीलाई अपोलोको कृपा परेको भनी बुझ्न सकिन्छ । अपोलो आफ्ना भक्त प्रति कृतज्ञ रहने ग्रह र देव हुन्, ग्रीकहरुमा यस्तो विश्वास रहेछ ।

राजा जुभेस निकै शक्तिशाली त थिए तर आफ्नो रानी हेराप्रति वफादार नभएकाले उन्का पुत्र अपोलोलाई विभिन्न विधाका देवता बनाइयो, अपोलो स्वस्थका अलावा कला, कविता, प्रकाश, ज्ञान र निदान अनि आरोग्यका देवता मानिन्छन् ।
भारतको दिल्लीको विश्वप्रसिद्ध अस्पताल अपोलोले यस ग्रीक भगवानको नाम छानेर आफ्नो नामाकरण गरेको छ ।
त्यस्तै ग्रीक मान्छेहरुले एक्लीपियसलाई ओखतीको भगवान मान्दछन् । सनातन सभ्यतामा भनवन्तरीलाई नै आरोग्य र ओखती अनि स्वास्थको देवता मानिन्छ तर ग्रीक सभ्यतामा ओखतीका देवता फरक छन् । एक्लीपियस अपोलोका पुत्र हुन् । यिनले ओखतीको विज्ञान मानवहरुमा फैलाँउदछन् भनी विश्वास गरिन्छ । ग्रीकहरुले ओखती र आरोग्यलाई प्राचिनकाल देखि नै बिज्ञानसंग जोडेर आएका छन् । एक्लीपियसका नामका मन्दिरहरु अहिले पनि ग्रीसमा जताततै पाइन्छ जहाँ चोटपटक लागेका मान्छेदेखि अध्यात्मिक शुद्धताका तिर्थालुसम्म पुग्दछन् । एक्लीपियसले गर्दा पृथ्वीमा यति नैरोग्यता आयो कि मानवहरु मर्न छाडे र यसले गर्दा प्राकृतिक सन्तुलन बिग्रेला भन्ने भयले अन्य देवताहरुले एक्लीपियसलाई चट्यागं खसाएर मारेको कथन रहेछ । यि देवताको बिहे एपिओन नामक आरोग्यको दुखाईकी देवीसंग भएको रहेछ, यिनीहरुका ९ सन्तान थिए । प्रथम छोरी हाइजिया हुन्, आजपनि अंग्रेजी शब्दको हाइजिन शब्द यिनै एक्लीपियसकी प्रथम छोरीको नामबाट साभार गरिएको हो ।

त्यस्तै अर्की छोरी प्यानेसीया हुन्, अंग्रेजी शब्दमा प्यानेसीयाको अर्थ सबै रोग निको पार्ने एकल ओखती भन्ने हुन्छ । त्यस्तै यिनका एउटा पुत्र मेखोन चाँही सीप भएका शल्यचिकित्सक भएको कथन छ । त्यस्तै ग्रीक भगवानका नामावलीमा बालस्वास्थका लागि आर्टिमीस नामक देवता पाइन्छन् । हेर्दा अत्यन्त सुलभ र बाल्यकालिन मुद्रामा देखिने यि भगवनाको ग्रीकमा मात्र नभई विश्वभरि नै बालबालिकाको स्वास्थ कुशलताका लागि अर्चना गरिएको पाइन्छ ।

लाइभमाण्डु


Loading comments...