
यूरोपको इटाली अब बीआरआईमा चीन संग
११ चैत्र २०७५, सोमबार १५:२५
यूरोपको बेल्जियम र उत्तर अमेरिकाको संयुक्त राज्य अमेरिकाको सल्लाह विपरित इटाली चीनको महत्वाकांक्षी बिआरई परियोजनामा सम्मेलित भएको खबर छ । यूरोपमा अहिले यस विषयले राम्रो चर्चा पाएको बताइन्छ । संयुक्त राष्ट्र संघको एउटा बलियो सदस्य अनि जी ७ को सदस्य राष्ट्र इटाली यसरी चीनसंग जोडिनुमा यूरोप र अमेरिकामा चीनको बढ्दो प्रभावका रुपमा लिइएको छ ।
इटालीका प्रधानमन्त्री गीउसीपे कन्टेले चीनीयाँ राष्ट्रपती सी जीगं पीगंको इटाली भ्रमणको मौकामा रोममा यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुबै देशका सरकारले २९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । धेरै जसो विश्वव्यापी भौतिक संरचना र बाटो निर्माणका परियोजनाहरु रहेको बताइन्छ , यसका साथै चीन अब पश्चिम यूरोपमा औपचारीक रुपमा बीआरआई मार्फत प्रवेश गरेको छ । दुबै देशका कम्पनीहरु बिच मध्यपूर्वको मेडिटेरियन महासागर हुँदै फलफूल ओसारपोसार गर्ने सम्भौता पनि यस परियोजनामा सामेल भएको खबर छ । यसका साथै इटाली ले गत दशकहरुमा तस्करमार्फत आफ्ना देशमा ल्याएको सैयौंको सख्याँको चीनीयाँ पुरातात्विक महत्वका बस्तुहरु पनि चीनमा फर्काउने संझौता भएको छ ।
यस संझौतालाई सीनो इटाली नो ट्रेडमा रुपमा ब्याख्या गरिएको छ । कसैकसैले मध्यपूर्व, अफ्रिका हुँदै यूरोप छिर्ने यस परियोजनालाई नयाँ सिल्क रुटको पनि नाम दिएका छन् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै