
आमाको नाममा नागरिकता नदिने २५ देशमा नेपाल पनि
११ चैत्र २०७५, सोमबार १७:३२
शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चआयुक्तको कार्यलयले गरेको नागरिकता कानुन र राज्यहिनताको विषयको सन् २०१८ को अध्ययनको आज बिष्लेषण र आधारहरु यहाँ ल्याउन जाँदैछौं । यस अध्ययनका अनुसार अहिलेसम्म २५ वटा देशमा नागरिकता प्रदान गर्न आमा र बुवाको समान अधिकारको प्रावधान छैन । यी २५ देशमा सन्तानले आमाको नामबाट अधिकार पाँउदैन । धेरै जसा यस्ता देशहरु मध्यपूर्व, अफ्रिका र सहारा क्षेत्र आसपासका देशहरु छन् । यतिमात्र नभई एसिया प्साफिक क्षेत्रका ५ वटा र केहि अमेरिकी देशहरु पनि बुवालाई नागरिकताका लागि बढि बैधानिक मान्ने पाइएको छ ।
नेपालको नागरिकता कानुन अनुसार बाबुले सबै परिस्थितिमा सन्तानलाई नागरिकता प्रदान गर्नसक्छन् । नेपाली आमा र विदेशी बाबुबाट नेपालभित्र जन्मेको सन्तानको हकमा बाबु आमा नेपाल भित्र बसोबास गर्छन र विदेशी नागरिकता लिएका छैनन् भने अंगिकृत नागरिकता प्रदान गर्ने व्यवस्था छ ।बहमासको कानुन अनुसार बहमियन पुरुष वा महिलाले आफ्नो सन्तानलाई नागरिकता प्रदान गर्न सक्छन् । बहमास भन्दा बाहिर जन्मिएका बालकका हकमा बाबुले नागरिकता दिनसक्छन् तर आमाको नाममा नागरिकता प्राप्त हुँदैन् ।ब्रदादोसमा पनि नागरिक महिला वा पुरुषले सन्तानलाई नागरिकता प्रदान गर्न सक्छन् । तर देशबाहिर जन्मिएका सन्तानले आमाका नाममा नागरिकता पाउँदैनन् ।
कतारमा आमाले कुनै पनि अवस्थामा सन्तानलाई नागरिकता दिलाउन सक्ने प्रावधान छैन । बुवाको ठेगान नभएका या दुविधा भएमा सन्तान स्वयमले वालिग भएपछि नागरिकता आवेदन दिन सक्दछन् । लेबनानमा भनें आमा र सन्तानको नाता स्थापीत भएमा या मुचुल्का प्रमाणित भएर साक्षी भएको अवस्थामा आमाको नामबाट सन्तानले नागरिकता पाउँन सक्दछन् ।
इराकको संविधान २००५ ले नागरिकताको हकमा लैङ्गिक समानता स्थापित गर्दै बुबा र आमा दुबैका नाममा वंशजका आधारमा नागरिकता प्रदान गर्न सक्ने अधिकार दिएको थियो । तर २००६ मा बनेको कानुनले इराक बाहिर जन्मिएका सन्तानलाई इराकी महिलाले आफ्ना नामबाट नागरिकता प्रदान गर्न नपाउने बनायो । बाबुको पहिचान नखुलेको र राज्यविहिन बाबुको सन्तानले उमेर पुगेपछि एक वर्ष भित्र आवेदन दिनुपर्ने व्यवस्था पनि सो ऐनले ग¥यो । आवेदन दिएको समयमा आवेदक इराकमा बसोबास गरेको हुनुपर्ने व्यवस्था छ ।
जोर्डन, लिविया, साउदी अरेविया र संयुक्त अरब इमिरेटसको नागरिकता सम्बन्धी कानुनले महिला नागरिकलाई विदेशी नागरिकसँग विवाह पश्चात जन्मेको सन्तानलाई नागरिकता प्रदान गर्ने अधिकार दिएको छैन् । तर बाबुको ठेगान नलाग्दा, बाबुसँग नाता प्रमाणित नहुँदा आमाका नामबाट सन्तानलाई नागरिकता दिलाउन सक्छन् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग