Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

जब प्लेन गलत ठाँउमा अवतरण गर्यो

१२ चैत्र २०७५, मंगलवार ११:२८

लोकप्रिय

हवाईजहाजहरु निकै संवेदनशील र प्रभावकारी मानिन्छन् तर हिजो यस्तो घटना घट्यो जब जहाज एक ठाँउको लागि उडेको त थियो तर अवतरण झुक्किएर अर्कै ठाँउमा भयो ।
यो पनि पढ्नुहोस् : भिमकाय प्लेन ए ३८० को बिदाई

ब्रिटिश एयरवेजको एउटा अन्तरािष्ट्रय उडान लण्डन सिटी एयरपोर्टवाट उड्यो र त्यस प्लेनको गन्तव्य थियो जर्मनको डेयूसलडर्फ । तर उक्त प्लेन झुक्किएर जर्मनको एडिनवर्गमा अवतरण गरेको थियो, यात्रुहरु पनि एडिवर्गमा स्वागत छ भन्ने सुन्नासाथ अचम्ममा परेका थिए । ककपीटमा भरिएका फारममा गल्ती भएकाले पाइलटले उक्त प्लेनलाई गलत ठाँउमा अवतरण गराएको कम्पनीले बतायो र यो स्पष्टिकरण निकै हास्ँयास्पद रहेको यात्रुहरुले बताए ।एकदिन अघि एडिनवर्गवाटै फर्केर आएको जहाजमा उक्त दिन पनि त्यही शेड्यूल दोहोरिएको बताइन्छ । बीए३२७१ फ्लाइटलाई त्यसै दिन फेरि डेयूसलडफ लिएर गइयो ।

यो पनि पढ्नुहोस् : हेलिकोप्टर किन दुर्घटना हुन्छ ?

एकजना यात्रु सोफिया कुकीका अनुसार पाइलटले एडिनवर्गमा स्वागत छ भन्दा धेरैजना यात्रुहरुले मजाक गरेको भन्ठाने तर जब केहि यात्रुहरुले परिचारीका हरुलाई गन्तव्य किन फरक भएको भनेंर प्रश्न गरेपछि पाइलट स्वयम यात्रुकक्षमा आएका थिए । दुविधामा रहेका पाइलटले यात्रुहरुलाई कस्कस्लाई डेयूसलडफ जाने हात उठाउनु भनेंर प्रश्न गर्दा सबै यात्रुले हात उठाएका थिए । पाइलटलाई यसपछि उडान रुटिनको त्रुटि थाहा भएको बताइन्छ । लगालगी दुईवटा उडान भर्दा जहाजका ट्वाइलेट भरिएका र खानेकुराहरु पनि सकिएको यात्रुहरुको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन