
पाकिस्तानमा हिन्दु युवतीहरुलाई इस्लाम धर्ममा आउँन बाध्य पारिँदै
१२ चैत्र २०७५, मंगलवार १५:३७
पाकिस्तानको स्थानीय प्रेसका अनुसार प्रधानमन्त्री ईमरान खानले दुईजना हिन्दु यूवतीलाई इस्लाम बनाउन बन्धक गरिएको अवस्थामा रिहागर्न र बन्धककारीलाई कारवाही गर्न आदेश दिएका छन् । उता अन्तराष्ट्रिय पत्रिका रिउटर्सले पनि इस्लामावादको प्रहरीको वक्तब्य उदृत गर्दै धर्म परिवर्तनका लागि अल्पसख्यक हिन्दुलाई बहुसख्यक मुसलमान समुदायले बिभिन्न यातना अनि घरमै छिरेर डकैती गरेका निकै घटनाहरुको उजुरी परेको पनि जनाएको छ ।
१४ वर्ष की रभिना र १६ वर्षकी रिहानालाई मध्य पाकिस्तानको दहार्की भन्ने ठाउँ बाट खुल्लेआम अपहरण गरिएको खबर छ । पाकिस्तानका सञ्चार मन्त्री फहाद चौधरीले अब समग्र देश नै ति दुई बालिकाको मुक्तिका लागि लागेको भन्दै छिमेकी भारतलाई पनि राजनैतिक प्रश्न तेस्याँउदै त्यहाँका अल्पसख्यक मुसलमान दाजुभाईको पनि अवस्था संरक्षण गर्न भारतलाई सन्देश दिएका हुन् । उनको यो प्रतिउक्तर भारतीय विदेश मन्त्री सुश्मा स्वराजको पाकिस्तानमा रहेका हिन्दु धर्मावलम्वी प्रति सरकारलाई सवेंदनशील हुन गरेको आग्रह सहितको ट्वीटको प्रतिउक्तर हो ।
पाकिस्तानी सञ्चार माध्यमलाई उदृत गर्दै बिदेशी सञ्चारमाध्यमहरुले पाकिस्तानमा अल्पसख्यक हिन्दुमाथि निकै लामो समयबाट ज्याजती भएको बताइएको छ । ईमरान खानको सरकारको उदारताका बाबजुद खुल्लेयाम धर्म फरक भएका कारणले यसरी हिन्दु चेलीहरु अपहरणमा पर्नु चाँही सरकारको लाचारीपना नै हो, धेरैको विष्लेषण छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै