चाहेर नी जन्मिन नपाएकी छोरी (कबिता)


नाम – छैन
उमेर – तीन महिना
ठेगाना – गर्भ
समाजले छोरी भनेकी
म चाहेर नी जन्मिन नपाएकी
किनकी ,
डाक्टरले तीन महिना मै पत्तो लागाईदियो
कि म छोरी भन्ने
अनि त घरमा कलह!
आमालाई “छोरा नी पाउन सक्दिनस्?”
बिचरा आमा मौन
बा’को अगाडि के बोल्ने?
किनकि उनलाई त एउटा भुत सवार थियो।
छोरा !
छोरा !!
छोरा !!!
मिल्ने भए आमाले दिनहूँ
छोरा जन्माइ दिन्थिन्,
केवल बा’को लागि
तर मिल्दैन र पो ।
तीन महिनामा छोरा कि छोरी थाहा
पाइदिन्छन्
अनि हुन्छ भ्रुणहत्या
यस्तो घटना मेरी आमाको
जिवनमा धेरै भयो
किनकि बालाई चाहिएको छोरा थियो
छोरा ।
उसले वंश चलाउछ
स्वर्गको ढोका खोल्छ
बालाई पिण्ड दिन्छ
तर म छोरीमा ती गुणहरु
छैनन्।


फालिन्छु कलिलै उमेरमा
बा स्कुल त गएनन्
तर,
त्यो डाक्टर त स्कुल गएर पढ्यो
कि छोराछोरी बराबरी ।
अहो! पैसाको लोभले
मेरो हत्या गर्यो
निर्मल हत्या


फ़ालिऍ कतै
यो संसारमा परिचितविहिन भऍ
तर पनि एकचोटि जन्मेर
मेरा बालाई सोध्ने रहरथ्यो
“बा, म छोरी हो
बा, म छोरी चाहिँ बच्चा हैन?
बा, म जन्मिनुमा पनि गल्ति छ?
बा, तिमीलाई कस्ले जन्मायो?
बा, तिमिले घरमा कस्लाई भित्रयाएका छौ ?
हरेक साझबिहान खाना कस्ले पकाउछ ?
तिम्रो पसिनाले भिजेका लुगा कस्ले धुन्छ ?
छोरा भर कुन बाआमा स्वर्ग छिरे ?”
हो यस्तै लामो प्रश्न मनमा छन्,
मनमा उकुसमुकुस गुम्सिएका
तर
म जन्मिनै पाउदिन
मलाई जन्मनै दिईदैन
बा, मलाई जन्मन देउ
यो संसार हेर्छु

गन्ति गर्छु
छोरा चै कति रहेछन् यो संसारमा?

(छाेरा त भाग्य ले हुन्छ तर छाेरी सैभाग्यले.. )

-सामाजिक संजालबाट साभार 


Loading comments...