Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

बोइंग ७३७ को अमेरिकामा आकस्मिक अवतरण

१३ चैत्र २०७५, बुधबार ०८:५२


साउथवेस्ट एयरलाइन्सको बोइंग ७३७ ले अमेरिकामा आकस्मिक अवतरण गरेको छ । ओरल्याण्डोमा उडेको केहि समयमानै प्राविधिक गडबडी देखिएपछि जहाजलाई फेरि हवाइफिल्डमा उतारियो । अमेरिकी संघीय प्रशासन बिभागले जानकारी दिएको छ ।

विश्वभरि बोइंग ७३७ म्याक्स ८ ग्राउण्डेड हुँदा अमेरिकमा भनें निर्धक्क उक्त मोडल चलाइरहेको पाइन्छ, अमेरिकी बोइंग कम्पनी अमेरिका र विश्वभरिनै निकै प्रभावशाली कम्पनी हो । स्वदेशी उत्पादन अनि बोइंग ७३७ को सुरक्षा सबुतका लागि भएपनि अमेरिकामा यो मोडल उडाइरहेको भएतापनि ओरल्याण्डोको यो घटनाले यस मोडलमा अमेरिकामै पनि प्रश्न उठाएको छ । हुन त मार्च १३ पछि अमेरिकामा पनि यस मोडल उडाउन बन्द गरिएको बताइन्छ तथापी ब्यबहारीक रुपमा यस मोडल कहिँ कतै उडाईनै रहेको पाइन्थ्यो । केहि एयरलाइन्सले प्सासेन्जर बिनाका शटल र कार्गो सेवाका लागि जहाजलाई प्रयोग गर्ने तयारी गरिनै रहेको बताइन्छ ।

संघीय उड्ययन सुरक्षा समितीले भनें ओरल्याण्डोको जहाज एमक्यास सिस्टमको खराबीका कारणले अवतरण गराउनु परेको नभई अन्य कारण भएको बताएका छन् । यस अघिका लाइन्स एयर र इण्डोनेशीयन एयरका दुर्घटनामा एमक्यास सिस्टमलाई जिम्मेवार मानिएको छ । साउथवेस्ट एयरलाइन्सले उक्त जहाजलाई मेन्टिनेन्सका लागि लिएर जान आँटिएको पनि बताएको छ र पाइलटले पर्फोमेन्स इस्यू भन्दै जहाजलाई फेरि एयरपोर्ट फर्काएका हुन् । जहाज फर्केर अवतरण गर्दा एयरपोर्टका ३ वटा धावनमार्ग खाली गरिएको र आवश्यक सम्पूर्ण उद्धार संरचना तयार गरिएको बताइन्छ । जहाज यसरी आकस्मिक झर्दा जहाजका केहि पूर्जाहरु झर्ला या खस्ला भन्ने आशंका पनि थियो भनी एयरपोर्टकी प्रवक्ता क्यारोनल फेनेलले अलजजिरालाई बताएकी छिन् ।

जहाजलाई खास्मा जाँच या मर्मतका लागि उडाइएको थियो या यात्रुसहित रुटिन उडानमा उडेको थियो भन्ने बिषयमा चाँही समाचारमा खासै खुलाइएको छैन । तथापी कसैलाई पनि केहि नभएको भनें स्पष्ट पारिएको छ ।४७०० वटा बोइंग ७३७ म्याक्स ८ को अर्डर भएपनि संसारभरि यस मोडलका केवल ३७० जहाज वितरण गरिएको र आकाशमा उडिरहेको पाइन्छ । इथोपियन एयरलाइन्सको दुर्घटनापछि यस मोडलका जहाज अब अमेरिकाका आकाशमा केहि बाहेक अन्य खासै देखिँदैन । सम्पूर्ण बोइंग ७३७ म्याक्स ८ ह्यागंर भित्र छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा