६० वर्षको मौनतापछि जुर्मुराएको तिव्बत


६० वर्षको प्रवासमा तिव्बती समुदायहरुले धेरै आरोह अनि अवरोहहरु छिचोलीसकेका छन् । नेपाल, भारत बाट यि घरानाहरु यूरोप, अमेरिका अनि अन्य थुप्रै ठाँउमा हस्तकला अनि अन्य ब्यापारका लागि पर्याय नै भइसकेका छन् तर तिव्बत फर्कने यिनीहरुको सपना भनें अधुरो नै छ ।

तिव्बतको तिर्सनामा केहि पुस्ताहरु माटोमा बिलिन भइसकेका छन् भनें अहिले आँउदा पुस्ताहरु प्रवासको समयमा जन्मभएपनि तिव्बतको तिर्सना र आफ्नो माटोको अधिकारका लागि जुर्मुराएको पाइन्छ । ७७ वर्षका लोप्सागं योगंदेन भारतको धर्मशालामा बस्दछन् । विश्वको छाना भनिने तिव्बतमा सन् १९५० मा चिनियाँ सैनिकले आक्रमण गरि ल्हासामा केन्द्र बनाएर बसेका अनि सम्पूर्ण तिव्बतीहरुलाई घर छाडेर जान निर्देशन दिएपनि आफूले प्यारो जन्मभूमि तिव्बत छाडेर आएको संझना गर्दछन् ।

६० वर्षअघि पोटाला दरबारमा मार्च २१ मा चिनियाँ सैनिकले बव्जा जनाएपछि लोप्सांग र उन्का बुवालाई पक्राउ गरेका थिए । सन् १९५९ मा त तीव्बती तर्फवाट स्वतन्त्रताको आन्दोलनलाई चिनिया सैनिकहरुले वडो क्रुरतापूर्वक दबाएको लोप्सागंको मनमा अझै ताजा यादहरु छन् । त्यसवखत दशौं हजार तिव्बतीहरुको बर्बरतापूर्वक हत्या गरिएको थियो । उन्का बुवा कारागारबाटै बेपत्ता पारिए, ६० वर्षअघिको बुवा र मातृभूमिको यादमा ७७ वर्षका लोप्सागंका आँखा अझै रुझिदिन्छन् । सन् १९७२ देखि ७३ सम्म स्वतन्त्र तिव्बतको परिकल्पनामा आफन्तजनलाई चिठि लेखेको आधारमा नै लोप्सागंलाई फेरि कारागार हालिएको थियो ।

मलाई यति धेरै क्रुरतापूर्वक निर्मम पीटियो कि मलाई बाँच्ने चाह र आत्मबिश्वास नै थिएन । भित्तामा टाउको ठोकेर मर्ने प्रयास गरें अनि म स्वतन्त्र तिव्बतको पैरवी गर्छु तसर्थ मलाइर्ए मारिदेउ भन्दा तिनीहरुले मेरो श्वाँस भनें जान नदिई यातना दिएर राखे । सन् १९८४ मा कारागार मुक्त भएपछि भातरको पहाडी ईलाका धर्मशालामा आएर यिनी बसे ।

सन् १९५९ मा दलाई लामा चिनियाँ शाषकबाट भागेर भारत पसेपछि भारतको धर्मशालामा तिव्बती समुदायका अध्यात्मिक नेता र गुरु भएर बसे । दलाई लामाले मध्यबिन्दु धार ल्याए जस्मा तिव्बतलाई खुल्ला र स्वतन्त्र घोषणा गर्नुको साटो केवल चिनको स्वशाषित क्षेत्र बनाइयोस भन्ने धारणा राखे भन्ने लोप्सागंको गुनासो थियो ।

अहिलेको केन्द्रिय तिव्बती प्रशासन प्रमुख लोप्सागं सागेंले आफू अमेरिका जाँदा त्यहाँका तिव्बती दाजुभाईसंग कुरा गर्दा स्वतन्त्र तिव्बत र चीनको स्वशाषित क्षेत्र हुँदाको फरक थाहा पाएको बताँउदछन् । लोप्सागं सागें हार्वड बिश्वविधालयबाट कानूनका ग्राजुयट हुन । सन् २०११ मा दलाई लामाले राजनैतिक नेतृत्ववाट बिदा लिएपछि लोप्सागं सागेंलाई केन्द्रिय तिव्बत प्रशसनका मुख्य चुनिएको थियो ।
मध्यधारमा अरु देशहरु अनि चिनका लागि पनि साझा बाटो खुल्ला हुने लोप्सागंको बिश्वास छ । तिव्बती भाषामा मध्यधारलाई उमय लाम भनिन्छ ।
मानव अधिकारकर्मीका अनुसार तिव्बतीहरुलाई चीनमा विशेष प्रतिबन्ध र रोकटोक छ । यूएन ह्यूमन राइट काउन्सीलको अध्ययनमा तिव्बतको मानव अधिकार अवस्था अत्यन्त खस्कँदो छ र गत वर्षहरुमा १५५ वटा तिव्बतीहरुले चिनिया प्रशसनको बिरुद्धमा आत्मदाह गरेका छन् । यसरी आत्मदाह गर्दा उनीहरु आफ्नो शरीरमा आगो लगाएर नमरुन्जेलसम्म दौडने गर्दछन्, आफ्नो माटो र भूमिको मोहमा तिव्बतीहरुलाई जीवनको तिलाञ्जली दिन कुनै अफसोच नहुने देखिन्छ ।

सागंका अनुसार भारत र विदेशमा अहिलेसम्म केवल १ लाख ५० हजार तिव्बतीहरु छन् र उनीहरुको बिचार चीनसमक्ष लान कुनै राजनैतिक पार्टी या धार नचाहिने उनी बताँउदछन् ।

यो एउटा प्रजातान्त्रिक स्वतन्त्रताको विषय हो, सागेंले बताए । हाम्रो राजनैतिक र भौगोलिक विभेद हाम्रो धर्म र बिश्वासको कारणले गर्दा भएको हो भनेंर अहिले धेरै तिव्बतीले थाहा पाएका छन् भन्दै सागेंले तिव्बती आन्दोलन अब दलाई लामाको अवसान पछि कस्ले नेतृत्व गर्दछ भन्ने कुरामा चाँही अन्यौल भएको बताए ।

लाइभमाण्डु


Loading comments...