
संसार कम्युनिस्टको ( कविता)
१५ चैत्र २०७५, शुक्रबार ०९:२७

मार्क्स र एंगेल्सका पालामा
कुरा हुन्थे दर्शनका
चर्चा हुन्थे वर्ग संघर्षका
घोषणा हुन्थे कम्युनिस्ट पत्रका
लेनिनले अंगाले मार्क्सवादलाइ
जब शिखर पुरुष बने लेनिन
तब थर्कमान भएथ्यो साम्राज्यवाद
ओझेलमा थियो संशोधनवाद
उदघोष भएथ्यो क्रान्तिको
सिंहासन थियो सोभियत सत्ताको
माओत्सेतुङ आइ नयाँ जनवाद प्रयोग गर्दा
कोमिन्ताङ्गे प्रवृत्तिहरु हल्लिएका थिए
विकसित चीनको खाकाहरु कोरिदै थिए
समाजवादका टुसाहरु उम्रदै थिए
जब फक्रन थाले
संशोधनवादिहरु
मार्क्सवादको ढाडमा टेकि
टाउकोमा प्रहार गर्नेहरु
तब ढल्न पुगे
सोभियतहरु,मार्क्सहरु
तरपनी
अझैसम्म ढलेको छैन
आस्था र विचारहरु
कम्युनिस्टका दर्शनहरु
फेरिपनी हल्लिनेछन
विश्वभरका सामन्तीहरु
साम्राज्यवादी र संशोधनवादिहरु
जब वर्गसंघर्षको कफनले
कसिलो हुनेछ सबैका कम्मर
तब आउनेछ त्यो दिन
नयाँ जनवादक
वर्गविहिन,शोषणविहिन राज्यको
संसार कम्युनिस्टको ।
प्रताप पौडेल
२०७५-१२-०९
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन
डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी
काठमाडौं । नेपालका सांस्कृतिक गहना तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको छ ।