
‘विवेकशील नेपाली’ दर्ता नगर्नुको कारण पेश गर्न आयोगलाई सर्वोच्चको आदेश
१४ चैत्र २०७५, बिहीबार २२:५९
विवेकशील नेपाली दलले दायर गरेको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगको नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजालशले उक्त मुद्दामा निर्वाचन आयोग समेत विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरी मुद्दालाई अग्राधिकार प्रदान गरेको छ ।
निर्वाचन आयोगमा दर्ता गर्न वञ्चित गर्ने निर्वाचन आयोगको निर्णयको विपक्षमा विवेकशील नेपालीले हिजो २०७५ साल चैत्र १३ गते दर्ता गरेको रिट निवेदनको आज २०७५ साल चैत्र १४ गते पेशी तोकिएको थियो ।
आदेशलाई स्वागत गर्दै विवेकशीलले मुद्दाले चाँडै फैसला भई निकास पाउने आशा राखेको छ ।
यो पनि पढ्नुहोस : महिलालाई दोस्रो दर्जामा राख्ने नागरिकता विधेयक अस्वीकार्यः विवेकशील नेपाली
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा
मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै