
यूरोपका अन्तिम तानाशाह
१५ चैत्र २०७५, शुक्रबार १०:५२
२१सौं शताव्दी अनि त्यो पनि यूरोप, त्यहाँका अन्तिम तानाशाह भनेंर एकजना शाषकलाई मानिएको छ, उन्का बारेमा आज हामी लेख्दैछौं । यूरोप तानाशाहहरुको जन्मथलो हो चाहे हिट्लर हुन् या नेपोलियन नै किन नहुन् ? यूरोपका माटोमा रगत र आन्दोलनका धर्काहरु अझै जिवन्त छन् । फ्रान्समा तत्कालिन तानाशाह लुई वशंका राजा विरुद्धमा १७ औं शातव्दीमा भएको प्रजातान्त्रिक आन्दोलनका छिटाहरु अझै पनि विश्वमा कायम छ, प्रजातन्त्र अनि तानाशाह दुबै कुराहरुको उर्बर भूमि यूरोपमा आज २१ सौं शताव्दीमा पनि एकजना तानाशाह जिवन्त छन् ।
यूरोपको बेलारुसलाई आज अन्तिम तानाशाहको देश भनेंर भनिन्छ । सोभियत यूनियनको अन्तिम असर अनि प्रमाणका रुपमा बेलारुसमा देखिन्छ । अहिले बेलारुसमा सैयौंको सख्याँमा नागरीकहरु सरकार शाषन प्रति विरोद गर्दै राजधानी मीन्सकमा उत्रन थालेका पनि छन् । त्यहाँ अहिले अत्यन्त प्राविधिक र आधुनिक तर कडा शाषन ब्यबस्था छ । राष्ट्रपती अलेक्जेन्डर लुकाशेन्को यूरोपका अन्तिम तानाशाहका रुपमा मानिन्छन्, उन्को आफ्नो देशमा समर्थन अनि विरोध पनि उत्तिकै मात्रामा पाइन्छ । तत्कालिन सोभियत सेनासंग नजिक उनी बेलारुसका राष्ट्रपती त्यो पनि प्रथम राष्ट्रपतिका रुपमा सन् १९९४ देखि कायम छन् । बेलारुसमा ब्यापार र सम्पतीहरु सबै राष्ट्रको कब्जामा रहेको पाइन्छ, सरकारको प्रधानता कुनै प्रश्न बिना सर्वोपरि मानिनु पर्ने प्रावधान यस देशमा अझै कायम छ । पटक पटक बेलारुसलाई राष्ट्रसंघ लगायत मानव अधिकार संगठनहरुले प्रतिबन्ध र नाकाबन्धी गरिरहेकै हुन्छन् । तर एजेक्जेन्डरले आफ्नो निती र कार्यश्ैली बेलारुसका लागि अत्यूक्तम र देशको माटो सुहाँउदो भएको बताँउदै गरिबी अन्त गर्न आफु लागिपरेको बताँउदै आएका छन् । राजधानी मीन्सकमा अझै पनि स्टालीनका पालामा संरचना अनि सैनिक परेड गर्ने ठाँउहरु र दोश्रा बिश्वयुद्ध देखिका ट्याकं अनि बख्तरबन्दहरुको ससम्मान सजाएर राखेका प्रतिमाहरु पाइन्छ । स्ट्यालीन अनि तत्कालिन सोभियत संघका भक्त यी यूरोपका अन्तिम तानाशाह आजसम्म पनि किन खुल्ला बिश्व र अर्थनितीको नजरमा परेनन, अचम्मको कुरा छ ।
गद्धाफी र हुसेनहरु जस्ता नेतालाई विश्वशक्तिले अन्त गर्दा सम्म यूरोपकै माझमा भएका यि तानाशाह किन वैधानिक रुपमै राज गरेर बस्न पाए त , धेरै जना रुसको कृपाले यसो भएको बताँउदै गर्दा यिनले आफ्नो देशमा सुधार अनि बिकासका लागि गरेका क्रियाकलाप पनि कम आँक्न चाँही नहुने भएको हामीले पायौं । अचम्मको कुरा त के भनें सन् २०१५ को राष्ट्रपतिय चुनावमा यि राष्ट्रपतिले कूल खसेको मतको लगभग ८३ प्रतिशत पाएको तथ्य छ । देशमा सैनिक सेवा अनिवार्य छ अनि स्कूलबाटै केटाकेटीहरुलाई राष्ट्रपतिको महानता बारे पढाइन्छ, यस पाठ पढाँउदा शिक्षकलाई धेरै प्रश्न पनि नसोध्न भनिन्छ । रसियाले क्रिमीयालाई कर्लप्पै हात लिँदा सन् २०१४ मा यि राष्ट्रपति चुप बसे, हुन त पुरै विश्व चुप बसेको भएपनि त्यसघटना अनि त्यसपछिको चुनावमा यिनको अपत्यारिलो जीतले यिनलाई रुसको कृपा रहेको पुष्टि हुन्छ भन्ने धेरै बिष्लेषकको भनाई छ । बेलारुस हतियार उत्पादनमा अब्बल छ र रुस यस्को मुख्य क्रेता हो । सम्पूर्ण रुपमा यस देश रुसको इन्धन र उर्जामा भर पर्दछ । बेलारुसमा उत्पादन भएका ह्याम र मारजिला लगायत खानेकुराहरु मोस्को जताजतै पाइन्छ, यसअर्थमा दुबै देशको ब्यापार राम्रो भएको पनि स्पष्ट छ ।
बेलारुसका मान्छेहरु यूरोपियन यूनियनको भिसा लिनेमा सर्वाधिक धेरै पाइन्छन्, हरेक दिन लाखौं बेलारुसीहरु यूरोपमा सेन्जेन भिसा लिएर भ्रमणका लागि जाने गर्दछन् । प्रविधीमा यस देश यति अब्बल छ कि फेसबुकको फेस स्वापीगं एमएसक्यूआरडी प्रविधी यहाँ बनाइएको हो भनें बिश्वस्तरिय गेमहरु जस्तै वल्र्ड अफ ट्याकं र ट्याकंवर्ग जस्ता गेम बेलारुसमै बनाइएको हो । बेलारुसमा अहिले क्याशीनो र होटल ब्यबसाह लगायत अन्य कालाबजारी र ग्यागंहरु निकै फस्टाएको पाइन्छ । रुसमा क्याशीनोमा प्रतिबन्ध लगाएपछि बेलारुसमा क्याशीनो ब्यबसाहले निकै आकार लिएको छ र त्यसंगै बेश्यावृती र लागुऔषध पनि बढ्दै गएको रिपोर्टमा देखिन्छ ।
जुगां पालेका अनि माचो म्यानको चरित्रमा देखिन रुचाउने बेलारुसका राष्ट्रपति एलेक्जेन्डर मिडियामा आउन निकै मनपराँउछन् । निकै उखान टुक्का र कथामा बोल्न मनपराउने यिनी आफ्ना धेरै वक्तव्यमा १० बर्षे छोराको बहादुरी र चलाखीपना भन्न छुटाँउदैनन । दोश्रो विश्वयुद्ध पछि पनि यस देशमा १४ लाख बढि मान्छेको हत्या भएको तथ्य पाइन्छ, पछिल्ला पुस्ताका धेरैजसो घरमूलीहरु हराएका र बेपत्ता पारिएको पाइन्छ । सोभियत संघकै समयमा भएको न्यूक्लीयर रियाक्टरको दुर्घटनामा बेलारुसमा यसको प्रभाव परेको तथ्य छ र यस्को असर भावी पुस्तामा कस्तो पर्नेछ भन्ने कुरामा बेलारुस मौन देखिन्छ । देशलाई धेरै रुसपरस्त बनाएको अनि शाषन ब्यबस्था अति साँघुरो भएको आरोपमा यस देशमा प्रजातन्त्रको आन्दोलन चलिरहेको छ, हेर्दै जाँउ यूरोपका अन्तिम तानाशाहको आयू कति छ ?
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले