
साउदी अरबका जेलवाट महिलाअधिकारकर्मीलाई अस्थाही रिहा
१५ चैत्र २०७५, शुक्रबार १२:०३
साउदी अरब पछिल्ला वर्षहरुमा खुल्लापना अनि उदार अर्थनितीका कारण विश्वमा निकै चर्चा र अनुसरणको विषयमा थियो । मध्यपूर्वका देशहरुको उदारता अनि परिवर्तनशील नितीहरु विश्वले स्वागतयोग्य मानेको त हो तर गतवर्षको खग्गोशीको हत्यामा साउदीका राजकुमारको संलग्नताका प्रमाण लगायत साउदी अरबका पछिल्ला केहि घटनाक्रमहरुले साउदीको कम उदारता र यथावत यथास्तिथीवादको पैरवी गरिदिएको छ ।
पछिल्लो एक वर्षदेखि साउदी जेलमा ३ जना महिलाअधिकारकर्मीहरु थुनेर राखिएको थियो । हुन त साउदीले अहिले अमेरिकाका लागि नियूक्त गरेको राजदुत महिला आँफै देशमा सर्वाधिक लोकप्रीय महिला अेधिकारकर्मी मानिन्छिन तर यसरी साउदीले गत वर्षबाटै जेलमा राखेका महिलाअधिकारकर्मी भनें भर्खरै अस्थाहीरुपमा जेलमुक्त भएको खबर छ ।
यी ३ जनाको पहिचार पूर्णत पुष्टि नभएपनि यिनमा ब्लगर ईमान अल नफ्जान, अजिजा अल यूसुफ र किगं साउद विश्वबिधालयको अवकाशप्राप्त लेक्चरर रोयका अल मोकरेब भएको बताइएको छ ।
बुधवारको सूनुवाईमा अदालतले यिनीहरुलाई रिह ागर्न आदेश दिएको हो तथापी यो सूनूवाईमा सरकारले विदेशी अनि अन्य परराष्ट्र मामिलाका मान्छेहरुलाई उपस्थित हुन भने दिएको थिएन । ३ जनालाई अप्रिलको ३ मा फेरि अदालत पेशीमा बोलाइएको छ । उनीहरुलाई ३१ मार्चमा रिहा गरिने बताइएको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा