
एसईई प्रश्नपत्र सार्वजनिक भएबारे शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पत्रकार सम्मेलन: LIVE
१५ चैत्र २०७५, शुक्रबार २०:००
भिडियो श्रोतः बरिष्ठ पत्रकार सबिन धमला
मन्त्रालयद्वारा जारी विज्ञप्ति अक्षरसः
२०७५ साल चैत्र १९ गतेदेखि सञ्चालन भइरहेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गतको चैत्र १४ गते प्रदेश नं २ अन्तर्गतका परीषा केन्द्रहरुमा सञ्चालन भएको अनिवार्य विज्ञान विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएकाले सो विषयको प्रदेश नं २ अन्तर्गतका परीक्षा केन्द्रमा सञ्चालित परीक्षा रद्द गरी यही चैत्र २२ गते सञ्चालन गर्नेगरी राष्ट्रिय परीक्षा बोर्डबाट निर्णय भएको सर्वविदितै छ । त्यसै गरी सोही प्रदेश अन्तर्गत चैत्र १५ मा सञ्चालन हुने अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्नपत्र पनि परीक्षा अगावै बाहिरिएको पाइएकोले सो परीक्षा स्थगित गरिएको सूचना समेत प्रकाशित भईसकेको छ । परीक्षाको प्रश्नपत्र बाहिरिएर परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई परेको गम्भीर असरप्रति यस मन्त्रालय दुःख व्यक्त गर्दछ ।
यस सम्बन्धमा छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषी उपर कारवाहीको प्रक्रिया अघि बढाउन राष्ट्रिय परीक्षा बोर्डबाट छानबिन समिति गठन गरी आवश्यक अनुसन्धान प्रक्रिया प्रारम्भ गरिसकिएको छ । यसै गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयको निर्देशनबमोजिम केन्द्रिय अनुसन्धान ब्यूरोबाट अनुसन्धान टोली खटाईसकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको अध्यक्षतामा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) सञ्चतालन तथा व्यवस्थापन उच्चस्तरीय सुरक्षा समितिको आकस्मिक बैठक बसी उत्पन्न परिस्थितिको बारेमा छलफल भई बाँकी बिषयका परीक्षाका प्रश्नपत्रहरुका सम्बन्धमा सुरक्षा सतर्कता अपनाउन सबै जिल्ला परीक्षा समन्वय समितिहरुलाई निर्देशन दिईएको छ ।
परीक्षा रद्द र स्थगनबाट विद्यार्थीहरुलाई पर्न गएको असुविधाप्रति अभिभभावक, विद्यार्थी लगथायत सम्पूर्ण सरोकारवालाहरुले चाँसो व्यक्त गर्नु स्वभाविकै हो । सुरक्षित वातावरणमा विद्यार्थीले परीक्षा दिन पाउने अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ । तसर्थ, आगामी दिनको परीक्षा तयारीमा जुटिराख्न सम्पूर्ण परीक्षार्थीहरुमा हार्दिक अनुरोध गर्दछु । प्रदेश सरकार, स्थानीय तह, अभिभावक, विद्यार्थी संगठन, शिक्षाप्रेमी, शिक्षक समुदाय सबैलाई थप संवेदनशिल भई विद्यार्थीको परीक्षा तयारी र सञ्चालनमा सहजीकरण गर्न अपिल गर्दछु ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालद्वारा प्रेसित प्रेस वक्तव्यमा उल्लेख गरीएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ