
जीवनको मोह र जीवनबाट मोक्ष
१६ चैत्र २०७५, शनिबार ०६:००
पीडाको समयमा हामी सबैले भन्ने गर्दछौं, जीवनमा पीडा छ तसर्थ बारम्बार जीवनमा आउनुभन्दा परमात्मातत्व संगको मोक्षमा अर्थ छ भनेंर । तर जब जब जीवनको समस्या दुर हुन्छ र जीवनमा केहि आशा हुन्छ तबतब हामी फेरि जीवनको मोह शुरु हुन्छ, केहि नयाँ देख्न भोग्न अनि गर्न मन हुन्छ । जबजब दु:खको मुक्ति हुन्छ तबतब हामी जीवनलाई फेरि माया गर्न थाल्छौं अनि धेरै बाँच्न चाहन्छौं ।
एकजना सन्तको कथा आज यहाँ प्रस्तुत गर्दछुँ, उनी जीवनको पीडाले निकै प्रताडित हुन्छन र अब अर्को जीवनमा आउने चाह राख्दैनन् । तर उन्को बिवेक र ध्यानले अब अर्को जूनीमा आफु एउटा सुँगुर अर्थात वराह अवतारमा आउने कुरा उनलाई थाहा हुन्छ । यस जीवनलाई त्यसैकारण पनि उन्ले सकेसम्म लामो पार्दछन् तर अन्तमा उन्को यस जीवनबाट बिदा माग्ने समय आँउदछ । अबउ न्ले आफ्नो एउटा बिधार्थीलाई बोलाएर अब म मृत्यु समक्ष छु र म मरेपछि फलानाको घरमा एउटा सुगुँर माउले बच्चा पाउनेछ र तिमी गएर त्यस बच्चालाई जन्मे लगत्तै मारिदिनु भनी आज्ञा दिन्छन् । बिधार्थीले शिक्षकको कुरा टाल्न सक्दैनन र हुन्छ भन्दछन् ।
एवंरितले सन्तको मृत्यु हुन्छ । अब ति बिधार्थी सन्तले भनें झैं गएर बच्चा पाउन आँटेकी सुगुँर माउको छेउमा बस्दछन् । जब सानो सुँगुरको बच्चो आमाको गर्भबाट झर्दछ तब बिधार्थीले हातको लठिले उक्त सुँगुरलाई मार्न हात अघि सार्दछन् ।
त्यससमयमा उक्त सन्तकै आवाजमा बिधार्थीलाई त्यसो नगर भन्ने आज्ञा आँउदछ । बिधार्थीले किन र तपाँईले नै यसरी मार्नु भन्नुभएको हैन भनि प्रश्न गर्दा सन्तले अब आफु यस नयाँ जीवनलाई केहि जिउन र अनुभव गर्न चाहने तृष्णामा पुगेको बताँउदछन् ।
जीवनको तिर्सना फरक हुन्छ, हरेक जीवनको आआफ्नो महत्व हुन्छ । हामी दु:खका बेलामा जीवनको जति नै मोक्षसंग तुलना गरेपनि बाँच्नुको महत्व फरक हुन्छ । पीडा स्थाही छैन र पीडाको गैरहाजिरीमा जीवनको लालसा सबैलाई बढेर जान्छ । जीवनलाई बाँचन र माया गर्न सिकौं । अनुभव नै जीवनको सर्वोत्कृष्ट प्राप्ति हो ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै