Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

यस वर्ष लुक्लाको जहाज चढ्न रामेछाप जानुपर्ने हुनसक्ने

१६ चैत्र २०७५, शनिबार १४:००


हिमाल आरोहणको समय अब शुरु हुँदैछ । यसवर्ष हिमाल र हिमाली मौसम सदावहार अनि मायालु रहोस्, आरोहणदलका सबैजना सुरक्षित रहुन र हिमनदिहरु शान्त बसुन् । यसो भन्दै गर्दा अब हरेक दिन काठमाण्डौबाट सगरमाथा आरोहणका लागि लुक्ला जाने यात्रुका लस्क्रहरु बढ्दा देखिनेछन् । यद्धपी यसवर्ष अप्रिल १ देखि जुनको ३० सम्म त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्गको निर्माणका लागि हरेक दिन राती १० देखि बिहान ८ सम्म उडान र अवतरण बन्द गर्ने खबर छ । यसो हुँदा बिहानैका उडानहरु, माउण्टेन फ्लाइटहरु लगायत निकै प्रभावित हुने देखिन्छ । सिजनको समयमा लुक्ला जाने पर्वतारोही अनि पर्यटकहरुको सख्याँ निकै हुन्छ र लुक्ला उडानको यस चापलाई कम गर्न अब लुक्लाको उडान त्यसमसयका लागि रामेछापको मन्थलीबाट गर्ने प्रावधान मिलाइएको बताइन्छ ।
यसो गर्दा पर्वतारोही समुहहरु अब रामेछाप गएर लुक्लाका लागि उड्नुपर्ने हुन्छ । लुक्लाको मौसम र प्राविधिक कारणले गर्दा उक्त उडानको ढिलाई र उडान सम्बन्धी कठिनाईहरु धेरै हुने देखिन्छ तसर्थ यस वर्ष लुक्लाको सहज उडानलाई मन्थली जानु जरुरी पनि देखिन्छ । काठमाडौबाट मन्थली जाने बाटो र सुलभ तरिकाहरु अनि मन्थलीको सहज बसाँईका तथ्यहरु पर्यटकहरुलाई दिन आवश्यक छ ।काडमाण्डौबाट करिब १३२ किमी पर ४९३ मिटर र १६१७ फिटको मन्थली हवाईमार्ग रामेछाप जिल्लाको तामाकोशी नदि किनारमा पर्दछ ।

काठमाण्डौ भन्दा मन्थली केहि गर्मी हुन्छ । मन्थलीमा जान सार्वजनिक गाडीहरुमा ५ घण्टा जति समय लाग्दछ, सबेरै ३ बजेको गाडीमा मन्थली गएमा यात्रुहरु सकुसल त्यसै दिन बिहानको ९ बजेको उडानमा सहजै जान सक्ने देखिन्छ । तथापि सहजता र अनुकुलतामा आधारमा मन्थलीमा एक रातको बसाई पनि सुलभ र सहज हुनेगर्दछ । मन्थलीमा राम्रा अनि सुलभ होटलहरु पाइन्छ, आफ्ना ट्राभल एजेन्ट या गाइडहरुको साथमा पर्यटकहरुले मन्थलीको सहज जानकारी पाउने ब्यबस्था जरुरी देखिन्छ । यस हिसाबमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको एक महिने मर्मत कार्य बिच यात्रु र आरोहीहरुलाई केहि झन्झट भएपनि नयाँ ठाँउ देख्ने अवसर अनि मन्थलीको पर्यटन बिकासमा पनि यस वर्ष टेवा पुग्ने आशा देखिएको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले