प्रचण्डको अव्यवस्थित राजनीति अवतरणमा विप्लबको उडान


नेत्रबिक्रम चन्द ‘विप्लब’ किन संविधान सभा सदस्य बनाइएनन ? के उन्लाइ बहिर राखेर तत्कालीन मुलधारका राजनीति पार्टी र तिन्का नेतृत्व सङ प्रचण्डको मोलमोलाइ थियो वा चुनावी परिणाम को लागी ।

यी त प्रतिनिधि प्रश्न भए हजारौं प्रश्नहरू सिर्जित छन यो देश अर्को मुठभेटमा जादैगर्दा । स्वयम् प्रधानमन्त्रीको पहिलो जिम्मेवारीबाट अवसान लगत्तै प्रचण्डले भने बिप्लप प्रगतिशील र क्षमतावान नेतृत्व हुँदा हुदै पनि उचित स्थान दिन सकिएन तत पश्चात् अखिर किन ब्यबस्थापन भएन ।

पात्र अनेक शैली एक , बिचार एक राजनिती फरक यो नेपाली नेतृत्वको सबैभन्दा भद्दा नजीर हो, मंचको गाइजात्रा र बजारको तमसा हो । बिगत सात दशकदेखिको राजनैतिक बैमानी हो । हाम्रो देशमा पारदर्शी , दुरदर्शि र समृद्धिको बाहक नेतृत्व जन्मेकै छैन ।

राजनेता त फगत दिइएका उपमा हुन, मैले कहिले पनि राजनेता देखिन देखेको भए एकै पुस्तामा मेरो देश कल्पनाको विकसित देश हुन्थियो होला । रोजीरोटीको लागि दैनिक हजारौंको बहिर्गमन अनि दैनिक थोप्रै बाकसहरु आउने थिएनन् जहाँ घर अभिभावक बिहिन अनि सुहागपछी को रित्तो सिउँदो र टुहुरो अबोध बालबालिका होस् । राजनेतादायी नेतृत्व पार्टी र शिदान्तको घेराबाट माथी उठेर देशको सामरिक श्रीवृद्धिप्रति वलिदान दिएको होस् । यहा त परिवार र सानो कर्याकर्ताको घेरा तोडिन सकेको देखिएन । नेतृत्वले नेतृत्व जन्माउने हो यहा त भि.भि.आइ.पी. संस्कार छरपस्ट छ जस्को उपलब्धि सास्ती मात्र हो ।

मलाई ५१ साल फागुनतिरको झल्को फेरि २४ बर्षपछि आइरहेको छ जस्ले असिम लज्जाबोध भैरहेको छ । समय बिकास र चेतनाले कुरिकुरी गर्दै बगिरहेको छ अनि हाम्रो नेतृत्व पछाडि फर्केर उखान टुक्का जोड्दै कुर्लिरहेको छ । यो भन्दा ठूलो नैतिक पतन र अर्को हिंसाबादको प्रत्यारोपण अरु केही होला ।

हुजोको सामन्ती सस्कार यस्तै थियो एउटा सुरक्षा धेरा नियंत्रित जस्को आखाले बिरोधि कम्जोर र ५१ बुदाहरु कागजको खोष्टो । नियति यति क्रूर बन्यो कि सत्र हजरको बलिदान भयो हजारौं सिउदो सफेत भए र लाखौं सुकुम्बासी । अहिले तेस्कै अस्तित्व बयलगाडामा अमेरिका र युरोपको सयरमा मस्त छ ।

हिजोको सहि बिश्लेषण, वर्तमानको कार्यशैली र भविस्यको मार्गदर्शनको अभाव होला तेहि शक्ति जसले बिनाससंगै सुन्दर देशको कल्पना गर्यो आज त्यस्कै सर्बोच्च नेतृत्वले भनिरहेको छ मलाइ त्रास छ, मार्ने षड्यन्त्र छ, म असुरक्षित छु । समयले गिज्याइरहेको छ अनि प्रश्न गरिरहेको छ कि आज यो नियति के सहि राजनैतिक अवतरणको उपलब्धि हो कि स्वार्थ र शक्ति केन्द्रित राजनीतिको उपज,होइन भने संगै हिडेको त्यो सहयत्री अझ अंगरक्षक आज कसरी खतरा भए ? सत्ता को दुरुपयोगले होला यो दसक सित्तै खेर गएको । आफू विभिन्न बहानामा बिदेश भ्रमणमा निस्किदा के ती सहिद र टुहुरा परिवारले हाँसीखुशी दुई छाक टारेका होलान के यहि हो १० बर्षे शसस्त्र आन्दोलनको सहि उपलब्धि ? ५९ जानाको सुरक्षा घेराले केवल बितृष्णा र कम्न्युस्ट प्रतिको आस्था समाप्त हुदैछ आदरणीय प्रचण्ड त्यासैले हिजो को तपाईंको सहयत्री र आजको बिप्लब बीचको राजनैतिक उपचार खोजिनु एक मात्र समाधान होला । बाटो गलत छ बिप्लबको तर यो कहि कतै सहि राजनैतिक अवतरणको खोट हो किनकी बिप्लब भन्न छोडेका छोइनन जनबादी क्रान्ति सकिएको छोइन भनेर ।

अन्तमा देश निर्माणको घडीमा एउटा पुस्ताको ज्यादै ठुलो मेहनत र परिश्रम चाहिन्छ त्यो क्षमताको बिकस होस भड्किलो भाषण भन्दा अहोरात्र कर्मको जरुरत छ । उत्तेजित भनाइ र ब्याबहारले यो देश फेरि खण्डहर नबनोस र म जस्ता पलायनबादको बिरुद्ध यो देशमा सम्भावनाको खोजी गर्ने जमात जिवितै रहुन । यो अव्यवस्थित राजनैतिक अवतरणमा बिप्लबको उडान किमार्थ नहोस शुभकामना । समृद्ध नेपाल शुखी नेपाली हाम्रै पालामा देख्न पाइयोस।

लेखक
डा. रबिन बस्नेत
Email :- [email protected]


Loading comments...