
ब्रुस ली कसरी मरे ?
१७ चैत्र २०७५, आईतवार ०७:००
१९ औं शताव्दीका महान खेलाडी अनि कलाकार ब्रुस ली आज पनि हाम्रा मनमष्तिष्कमा जरा गाडेर बसेका छन् । उनका चलचित्रहरु अनि एक्शन सीनहरु हामीले अझै पनि सर्वाधिक हेरिने चलचित्रहरुमा पर्दछ अनि एक जमाना यस्ते थियो कि ब्रुस ली को एक्शन र हातगोडाका चलाईलाई उतिबेलाको आधुनिक क्यामराको मोशन ग्राफिक्सलाई पनि खिच्न गाह्रो हुन्थ्यो ।
मार्सल आर्टका महान यी शताव्दी पुरुष केवल ३२ वर्षकै उमेरमा चर्चाको शिखरमा पुगेर संसार छाडेर गए । यिनको मृत्युलाई अझै पनि कतिले हत्या अनि रहस्यको पोकोमा बाँधेका विष्लेषणहरु पाइन्छन् । सन् १९७३ मा ब्रस ली ले विश्व छाडेर गएका हुन् । मे १० सन् १९७३ मा चलचित्र इन्टर द ड्रागनको शुटका क्रममा ली एक्कासी ढल्न पुगे, उनलाई तत्कालै अस्पताल लगियो जब चिकित्सकले यिनलाई सेरिब्रल एडिमा भएको बताए । यो यस्तो अस्था हो जब दिमागमा अत्याधिक तरल पदार्थ जमेका कारणले मष्तिष्क सुनिने अवस्था आँउदछ । बिभिन्न ओखतीको प्रयोगले चिकित्सकले ली को मष्तिष्कको चाप त कम गरे तर उनले जीवन भनें पाउन सकेनन । त्यसपछि ली अस्पतालबाट डिस्चार्ज पनि भए र पून चलचित्रलाई निरन्तरता पनि दिए । बिधिको बिधान त्यसको एक महिनापछि जुलाई २० मा निर्देशक रेमन्ड चाउ र ली अभिनेबी बेटी टिगं पीजको घरमा एउटा चलचित्रको कथा र संवादमा छलफल गर्न पुगेका थिए र उनीले त्यहिबेला आफुलाई टाउको दुखेको बताए । निर्देशकले ली लाई एस्पिरिन खान दिए र त्यो ओखती खाएर साथीको घरमा सुतेका ली कहिल्यै उठेनन, उनी त्यही अस्ताए ।
त्यपछि ली को मृत्युका विषयमा बिभिन्न कुराहरु आउन थाले, कता कता ली को मृत्युमा उनको गाँजा सेवन गर्ने बानी मुख्य कारण भएको पनि बताइयो । केहि खबरले ली नेपालको काठमाण्डौबाट लगिएको गाँजा सेवन गर्ने तथ्य पनि प्रस्तुत गरे, हुन त उतिबेला हिप्पी समयमा भएको नेपालमा गाँजा सेवन आम कुरा थियो अनि कैयन हिप्पी पर्यटकहरु नेपालमा गाँजा स्वर्ग भएकै कारणले आउने तथ्य र इतिहास पनि छ । तर गाँजा सेवनकै कारणले ली को मृत्यु भएको हो भन्ने कुराको प्रमाण भने भेटिएन । उनको बढ्दो चर्चा र सफलताले प्रतिद्धन्दीहरुले उनलाई षडयन्त्र गरेर मारेको पनि बताइयो तर यो कुरा पनि पुष्टि हसन सकेन र त्यसै सेलायो ।
बायोग्राफर म्याथी पोली ले हगंकगंका गर्मी दिनमा हृदयाघात भएका कारणले ली मरेको पनि लेखेका छन् तथापी यस अघि उनी अस्पताल भर्ना हुँदा उन्मा हृदय हैन तर मष्तिष्कमा तरल पदार्थका कारण अत्याधिक चाप बढेको पाइएको थियो । नोभेम्बर २७ सन् १९४० मा अमेरिका सान फ्रानसिस्कोमा ली को जन्म हुँदा समय पनि ६ देखि ८ बजे बिहानको रहेको बताइन्छ, यो ड्रागनको समय मानिन्छ र चिनियाँ वर्षहरुमा उक्त वर्ष ड्रागनको वर्ष थियो । यस हिसाबले ड्रागन वर्षको ड्रागन मियमा जन्मेका ली पछि गएर विश्वप्रसिद्ध हुने योगका साथ आएका हुन भन्ने अड्कल भएको मानिन्छ ।
३० भन्दा धेरै चलचित्रमा मार्सल आर्टको जादु देखाएका यि कलाकारलाई चलचित्रको विश्वप्रसिद्ध साइट आइएमडिबीले पनि उत्तर अमेरिकामा मार्सल आर्टको प्रवर्धन र चलचित्रमा प्रयोगका लागि यूगपुरुष भनि सम्वोधन गरेको छ ।
उनका चलचित्रहरु सुस्तरि अमेरिकामा हिट हुन थाल्यो तथापि यिनको ख्याती एसियाली देशहरु र चिनियाँ उपक्षेत्रहरुमा बढि थियो । पछि उनी सर्वत्र चर्चामा आए ।
ब्रुस ली एउटा जिँउदो इतिहास हुन् र उनले छोाटो जिवनकालमा लामो र प्रभावशाली कार्य गरेका छन् । यिनी एउटा गज्जबका कवी पनि हुन्, पछिल्ला दिनमा लाइभमाण्डुमा यिनका कविता र तिनको सरल नेपाली रुपान्तरण पनि लिएर आउने छौं ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै