
रगतको अभाव कम गर्न हामी प्रतिबद्ध: रक्त ट्राफफ्युजन प्रणाली
१८ चैत्र २०७५, सोमबार १६:३२
हामीले समय समयमा रागतको अभावको बारेकोमा सुनेका हुन्छौ र हामीले त्यो सुन्ने बितिकै हामीले एउटा लेख सामाजिक संजालमा रगतको आवस्यकता भन्ने लेख्छौ । हामीले सोचेको पनि हुदैनौ कि यो गर्नाले आवस्यक्ता पुरा हुन्छ कि हुदैन। त्यसको साटो हामीले पहिला रगत पायोकी पाएन बुझेर लेख्ने हो भने त अवस्य नै मदत हुन्छ तर न बुझी लेखेको लेखले धेरैलाई दुख दिन सक्ने कुरा हामी सोचेका पनि हुदैनौ । हामीले न गरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भनाईलाई सार्थक बनाउने हो भने त रगतको अभावको सूचनालाई सम्प्रेषण गर्नु अगाडी बुझेर सुचना प्रवाह गर्नु नै सान्दर्भिक हुन्छ ।
हामीले हालमा रगतको अभावलाई कम गर्न विभिन्न कार्यहरु गरिरहेका छौ। हामीले हालमा रक्तदान कार्यक्रमहरु गर्न विभिन्न शैक्षिक संस्थाहरु, बैंकहरु, बितिय संस्थाहरु, कम्पनीहरु तथा समुदायसंग सहकार्य गरि नेपाल रेडक्रस सोसईटीको रक्तासंचार सेवा केंद्रहरुको प्राविधिक सहयोगमा संचालन गर्दै छौ। यस कार्यबाट कम्तिमा ३०,००० रक्तदाताहरु बढाउने उदेश्य लिएका छौ । सो कार्यलाई सघाउन ‘डोनोर डायाल’ कार्यक्रम संचालन केन्द्रीय रक्तासंचार सेवा केन्द्रले गर्न लागेको छ । उक्त कार्यक्रम संचालन भएसी रक्तदाताहरुलाई आवस्यकता भएको बेला केन्द्रीय रक्तासंचारमा फोन गरेर बोलाउने र रगत लिने छ । हामीले यो सम्पूर्ण कार्यहरु नेपालको रक्त संचार सेवालाई विश्व स्वास्थ्य संघटनको प्रमाणिक गुणस्तरयुक्त बनाउन गरिरहेका छौ ।
संसार भरि छरिए र बसेका हामी नेपालीहरुको ध्यान आकर्षणको रक्तासंचार बन्नुको मुख्य कारण नै नेपाल प्रतिको माया हो । हामीले केहि प्रयास गरेर र स्थानीय निकायहरु तथा जनसमुदायको सहयोगले यो समस्या छिटो भन्दा छिटो नै समधान हुने भएकोले गैर आवासीय नेपाली संघ रक्तासंचार पद्धति बिकाश तथा हस्तान्रतरण उपसमितिले यो कार्यमा २०१७ देखि निरन्तर लागेको छ । हाम्रो यो प्रयासलाई सार्थक बनाउन हामी सबैले मिलेर अगाडी बढ्नु पर्ने आवस्यकता महसुस भएको छ । हाम्रो यस मानवीय कार्यलाई सबैले सघाउन सक्न मुलतः तीनवटा कार्यहरु गर्न सक्छौ:-
१) रक्तदान
२)रक्तदान कार्यक्रम
३) रक्तदान उत्प्रेरणा गर्न सामाजिक संजालमा लेख राख्ने
यदि १८ वर्ष देखि ६५ वर्षको ४५ के. जी. माथि तौल भएको स्वाथ्य व्यक्ति हुनुहुन्छ भने हरेक ३ महिनामा ३० मिनेटको समय खर्चिएर रक्तदान गर्न सक्नु हुन्छ । वर्षमा २ घन्टाको समय घर्चिनु भयो भने अवसतमा १२ जनाको जीवन बचाउन मदत पुग्छ । तपाई अस्वस्थ हुनुहुन्छ भने रक्तदान कार्यक्रम संचालन गर्न सकिन्छ । त्यो पनि सकिएन भने, रक्तदान गर्नको लागि उत्प्रेरणा गर्न सामजिक संजालमा लेख लेख्ने वा कार्यक्रमहरु संचालन गरेर यो अति नै आवस्यक कार्यमा सघाउन सक्छौ । तसर्थ, हामीले यो कर्यकोलागी हामी हातेमालो गरेर अघि बढ्न जरुरि देखिन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ
दिवाकर भट्ट- भनिन्छ कुनै पनि देशलाई विकास गर्नुछ भने त्यस देशको शिक्षा प्रणाली र विद्यालयहरुको सही व्वस्थापन र तालमेल हुनुपर्दछ।देशका
देशको सङ्घीय राजधानी क्षेत्र रहेको काठमाण्डौ महानगरपालिका भित्र सार्वजनिक शौचालयको व्यवस्था नरहेको बहस भइरहेका बेला यस सम्बन्धी महानगरपालिकासँग यथार्थ सूचना
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०