
Update: बारा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा प्रहरी परिचालन
१८ चैत्र २०७५, सोमबार १८:२२
विभिन्न प्राकृतिक विपत्तिका घडी आफ्नो उपस्थिती तथा व्यवसायीक गतिविधिले सामाजिक प्रभाव छाड्न सफल नेपाल प्रहरीले बारा जिल्लाको आँधिहुरी प्रभावित क्षेत्रमा प्रहरी परिचालनको अवस्वाबारे जानकारी दिएको छ ।
प्रभावित स्थानहरुमा खोज, उद्धार तथा राहतलाई तीब्रता दिन होजो राती देखि नै प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक हरि बहादुर पाल समेतको टोली परिचालित गरेको छ । हाल प्रत्यक्ष रुपमा खोज, उद्धार तथा राहतका लागि परिचालित प्रहरी जनशक्ति निम्नानुसार रहेको छः
जिप्रका बारा प्रउ सानुराम भट्टराईको नेतृत्वमा २५० भन्दा बढी प्रहरी जवानहरु । रातोमाटे गण प्र ना नि राम अधिन बैरेको नेतृत्वमा २५ जना । जिप्रका पर्सा प्र ना उ मान बहादुर राईको नेतृत्वमा १५ जना । दङ्गा नियन्त्रण प्रहरी गण, हेटौडा प्र स नि अनिल कुमार मिश्रको नेतृत्वमा २५ जना । स प्र गण, जनकपुर प्र ना नि बच्चा प्रसाद साहको नेतृत्वमा २० जना । नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज प्रा प्र ना उ डा. सुरेन्द्र शाहको नेतृत्वमा ९ जना तथा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जबाटै प्रा प्र ना उ डा. अमिन कुमार श्रेष्ठको नेतृत्वमा १० जना गरी ३५४ जनाको टोली प्रभावित स्थानमा परिचालित भएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज