
IPL मा सन्दिपले लिए २ महत्वपूर्ण विकेट, पंजाबले दिल्लीलाई दियो १६७ को लक्ष्य
१८ चैत्र २०७५, सोमबार २२:०४
विश्व क्रिकेटका स्टार खेलाडी सन्दिप लामिछानेले दिल्लि क्यापिटल्सका तर्फबाट २०१९ को IPL अन्तर्गत किंग्स ११ पन्जाबबिरुद्ध आफ्नो दोश्रो खेल खेलिरहेका छन् । दिल्लिको तेश्रो तथा आफ्नो पहिलो ओभर बलिङ गर्न ओर्लिएका सन्दिप लामीछानेले ४ बलमा छक्का लगाएका ओपनर साम करणलाई ५ औं बलमा LBW गरेका हुन् । भने चौथो ओभरमा ६ चौकाको सहयोगमा ३९ रनको व्यक्तिगत स्कोरमा खेलीरहेका सरफराज खानलाई विकेटकिपर ऋषभ पन्तमार्फत क्याच आउट गराउन सफल भए ।
बाउण्ड्री अनुरुप दुईवटा छक्का मात्र उनको बलमा किंग्स ११ ले लगाउन सक्यो जसमा ७.७५ को औशतमा सन्दिप २७ रन खर्चिएका छन् । टस हारेर ब्याटिङ्गको निम्तो पाएको किंग्स ११ पन्जाबका मन्दिप सिंहले रबाडाको अन्तिम् ओभरको अन्तिम् बलमा ६ रन बजाएसंगै दिल्लीलाई जीतका लागी १६७ रनको लक्ष्य पस्किएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग