तरिका हो ? सफलता पछाडीको रहस्य !


मनोरञ्जनको क्षेत्रमा पछिल्लो समय हाँस्यव्यङ्ग्यको प्रभाव र माग उच्च छ । हाँस्यव्यङ्ग्यमा लागेका टिमहरुले निर्माण गरेको सिनेमाले पछिल्लो समयमा नेपाली सिनेमा इतिहासमा सर्वाधिक कमाउनु तथा टेलिभिजन, युट्युवमा पनि यस्ता खालका सामाग्रीहरु धेरै हेर्नु यसका उदाहरण हो । यसै मेसोमा युवा जमात पनि हास्यव्यङ्ग्यमा नयाँ प्रयोग गर्न लागि परेका छन् । पछिल्लो समयमा युट्युवमा नेप ग्याज्म नामक युवा समूहहरु आफ्नो हाँस्यव्यङग्य क्षमता प्रस्तुत गरिरहेका छन् । विगत १ वर्ष देखि यो टिमले विभिन्न व्याङ्ग्यात्मक भिडियो सामाग्रीहरु तयार पारेर सार्वजनिक गर्दै आएका छन् । यस्ता भिडियोको युवा पुस्तामाझ निकै लोकप्रिय बन्दै आएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा तरिका हो? र झापाली निकै चर्चामा रहेका छन् ।

यसै सन्दर्भमामा हामीले तरिका हो अर्थात् डोरेस खतिवडा र झापाली अर्थात् सरोज भण्डारीसंग हामीले केही कुराकानी गर्ने मौका पाएका छौँ । झापा घर भएका सरोज र खोटाङ दिक्तेलका डोरेस हाल भक्तपुर बालकोटमा संगै बस्ने गर्दछन् । दुवै कमेडियन संगै भन्ने हाम्रो प्रश्नमा डोरेस भन्छन्, ‘खासमा बाल्कोटमा ३ जना कमेडियन बस्ने हो । एक जना चाही अचेल बालुवाटार तिर सरेको छ।’ हाँसो ।

व्याङ्ग्यात्मक प्रहार गर्न निकै सिपालु यि युवाहरु डोरेस विज्ञानका विद्यार्थी हुन् । उनले जियोलोजीमा ब्याचलर गरेका छन् भने सरोज भण्डारीले आइटी मा ब्याचलर । पढाईमा राम्रै स्थानमा रहेका डोरेस र सरोजसंग हामीले कसरी यो विधामा आउनु भयो भनेर सोधेका थियौँ। उनीहरु भन्छन्, हामीलाई बेरोजगारीले कमेडियन बनायो । ब्याचलरको परीक्षा दिए पछि हामी पुर्णरुपमा बेरोजगार भयौँ । हाम्रो काम भनेको दिनभरी चिया पसलमा बसेर गफ गर्ने मात्रै भयो । त्यही चियाँ पसलमा बसेर हामीले धेरै कुराहरु निरिक्षण र बुझ्न पायौँ । फुर्सद भए पछि हामीले हाम्रो सिर्जनशिलता यता तिर लगायौँ र हाम्रो एउटा टिम बन्यो ।

तपाईँहरुले बनाउने कमेडि भिडियोमा ज्यादा अश्लिलता र द्धिअर्थी भनाईहरु राखिएको पाइन्छ, यस्लाई के भन्नु हुन्छ भन्ने हाम्रो प्रश्नमा उनीहरुले यस्तो जवाफ दिएका छन् । जुन तलको भिडियोमा क्लिक गर्नुहोस् ।

भिडियोमा उनीहरुले आफ्नो पारिवारिक अवस्था देखि लिएर आफ्नो कमेडिलाई मदनकृष्ण श्रेष्ठले दिएको प्रतिक्रिया समेत उल्लेख गरेका छन् ।


Loading comments...