Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

द भ्वाइस अफ नेपालमा अाईतबार

१ मंसिर २०७५, शनिबार १५:३५

लोकप्रिय

धुमधडाका चलिरहेको छ द भ्वाइस अफ नेपालको साङ्गीतिक आँगनमा । अहिले लाइभ राउण्डमा ब्लाइण्ड अडिशनबाट छानिएका अनि ब्याटलमा जितेका र स्टेल भएका ट्यालेन्टहरुको लाइभ गायकी देख्न सकिन्छ ।

चारजना कोचहरुको आफ्नो टिमलाई मजबुत बनाउन अनि प्रस्तुतिमा अझ निखार ल्याउनका लागि अनवरत कसरतहरु जारी छ ।

हरेक साता शनिबार र आइतबार कान्तिपुर टिभीमा नेपालीजनको अत्यन्त प्यारो अनि सर्वाधिक रुचाइएको रियालीटी टिभी शो द भ्वाइस अफ नेपाल प्रसारण भइरहेको छ भनें हाम्रो पात्रो तथा भ्वाइसको यूट्यूबमा पनि हरेक एपिसोडहरु दर्शकको चाह अनुरुप हेर्नका लागि सो पिच्छे अपलोड हुने गर्दछ ।

हिजोको अर्थात यस साताको शनिबारको द भ्वाइस अफ नेपालको श्रृंखलामा ६ जना ट्यालेन्टहरुले आफ्नो बुलन्द प्रस्तुति दिएर गएका छन् अनि वहाँहरुको प्रस्तुतिको लेखाजोखा तपाईँहामी दर्शककै हातमा छ । भोटिङ धमाधम सुचारु छ अनि जारी छ खोजि कार्य, यस वर्षको प्रथम द भ्वाइस अफ नेपालको । कुरा गरौं अब आइतबार को श्रखलाको, आइतबार अर्थात मसिंर २ गते द भ्वाइसको श्रृंखलामा आफ्नो जोडदार प्रस्तुतिका लागि टिम अभया र टिम दिपबाट तिन तिनजना ट्यालेन्टहरु आउँदैछन् ।

हामी सबैलाई जिज्ञासा छ, को हुन त तिनी ट्यालेन्टहरु अनि कस्तो हुनेछ त तिनको प्रस्तुति ? आउनुहोस् आज यो जिज्ञासाको पोको खाोलिदिँउ, यस साताको दोश्रो द भ्वाइसको एपिसोडमा निम्न ट्यालेन्टहरु आआफ्ना टिमको प्रतिनिधित्व गर्दै द भ्वाइसको मञ्चमा ओर्लने पक्का भएको छ ।

टिम दिपबाट
सि डि बिजय अधिकारी
बिवेक वाइबा लामा
एनी श्रेष्ठ मञ्चमा देखा पर्नेछन् ।

टिम अभयाबाट
बिवेक लामा
आश्रा कुँवर
र अनु शाक्य मञ्चमा ओर्लदै छन् ।

सि डि बिजय अधिकारी द भ्वाइसका अत्यन्त लोकप्रीय आवाज हुन् जसले ब्लाइण्ड अडिशनबाटै अनवरत आफ्नो तयारी र ट्यालेन्टले कोच अनि दर्शक सबैको मन जितेका छन् ।

उता बिवेक वाइबा लामाको पनि द भ्वाइसको यात्रा बहुतै रोमाञ्चक र दर्शकहरुले रुचाएको पाइएको छ । त्यस्तै कुरा गरौं एनी श्रेष्ठको, उनी पनि द भ्वाइसको श्रृखलामा धेरै रुचाएकी अनि खोजि गरिएकी ट्यालेन्ट हुन् । हेरौं भोलीको प्रस्तुति हेरिसकेपछि कोच दिपले कसलाई आफ्नो अधिकार प्रयोग गरेर पोल्टामा सुरक्षित राख्नेछन अनि कसकसलाई भोट गरेर तपाँइहरुले सुरक्षित राख्नुहुनेछ भन्ने । अब अर्को पटि छन हाम्रो कोच अभयाको समुह । यस समुहमा यस साता:

बिवेक लामा
आश्रा कुँवर
र अनु शाक्यले आआफ्नो प्रस्तुति दिंदैछन् ।

बिवेक लामाको कुरा गर्दा उनी एउटा पृथक तर प्रेरणादायि ब्यक्तित्वका रुपमा द भ्वाइसका दर्शकले लिएको पाइन्छ । बिवेकको पृष्ठभूमिमा एक दशक लामो कारावासको तितो अनुभव छ तथापी संगितको मोह अनि चाहना साथै उनको गायकी बहुतै रुचाइएको पाइन्छ । बाटो बिराउनु अलग कुरा होला तर फर्केर कलाको साधना अनि संभावना दुबै बिवेकमा पाइन्छ ।

उता उता आश्रा कुँवर पनि स्टाइलिश र लोकप्रीयतामा साथै गायकिमा पनि उत्तिकै खरो देखिएकी छिन् । ब्याटल राउण्डमा सिर्जय थपलियासंगको ब्याटलमा खरो प्रतिस्पर्धामा कोच अभयाले दुविधाजनक स्टेजमा सिर्जयलाई गुमाउनुको पीडालाई आत्मसाथ गर्दै आश्रालाई छानेकी हुन् । तथापि सिर्जय स्टेल भएर टिम प्रमोदको पोल्टामा आएका छन् ।

अनु शाक्य पनि सुरिलो आवाज र बिभिन्न भेराइटिका गीत पस्कन माहिर ट्यालेन्ट हुन् । उनको प्रस्तुतिबाट उनका समर्थकले धेरै अपेक्षा गरेको पाइएको छ ।

ल अब हेरौं यस साता यि २ समुहमा को को सुरक्षित रहनेछन् अनि को को भोटीगंमार्फत अघि बढ्नेछन भनें कसकसको द भ्वाइसको यात्रा समाप्त हुनेछ ।

साथै द भ्वाइस अफ नेपाल मोबाइल एप्स इन्सटल गर्न नभुलौं है, त्यस एप्स मार्फत भोटींग गर्न अनि थुप्रै कुराहरु गर्न सहज हुनेछ ।
ल आजका लागि द भ्वाइसको खबर यति नै, हेर्दै गरौं द भ्वाइस अफ नेपाल ।

यस साता टिम अभया र टिम दिपबाट निम्न ट्यालेन्टहरुले द भ्वाइस अफ नेपालको मञ्चमा आआफ्नो दमदार प्रस्तुति दिने तय भएको छ ।

टिम अभयाबाट बिवेक लामा, आश्रा कुँवर र अनु शाक्य मञ्चमा उत्रिदै छन अनि टिम दिपबाट सि डि बिजय अधिकारी, बिवेक वाइबा लामा र एनी श्रेष्ठ मञ्चमा उत्रिदै छन् । द भ्वाइसको यो सांगितिक मञ्च हेर्न नभुल्नुहोला है ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू