
अमेरिकाको टेक्सासबाट २८० जना आप्रवासी पक्राउ
२१ चैत्र २०७५, बिहीबार १५:४९
अमेरिकाको टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् ।
एक दशकयता अमेरिकी इतिहासमा कुनै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु धरपकड गरिएको यो पहिलो पटक हो ।
अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार सङ्घीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलोजी ग्रुपमा कार्यरत २८० जना कर्मचारीलाई पक्राउ गरेका हुन् । यो कम्पनी डल्लासबाट करिब २४ किलोमिटर उत्तरपूर्वको अलेनमा रहेको छ ।
सङ्घीय जाँच एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिहरु उक्त कम्पनीमा कार्यरत रहेको दाबी गरेको छ, तर पक्राउ परेका व्यक्तिहरुका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिलाई काममा लगाएको सूचनाका आधारमा छापा मारेको जनाएको छ । -एजेन्सी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन