
अब्राहम लिंकनको मननिय भनाइहरू
२२ चैत्र २०७५, शुक्रबार १०:००
अब्राहम लिङ्कनको जन्म १२ फरवरी मा भएको थियो भने मृत्यु १८०९ – १५ अप्रैल १८६५ मा भएको थियो । लिङ्कन अमेरिकाका १६औं राष्ट्रपति थिए । यिनको कार्यकाल १८६१ देखि १८६५ सम्म थियो। यी रिपब्लिकन पार्टीदेखि थिए। उनले अमेरिकालाई उसको सबैभन्दा ठूलो संकट – गृहयुद्ध (अमेरिकी गृहयुद्ध)बाट पार लगाएका थिए । अमेरिकामा दास प्रथा अन्त गर्ने श्रेय अब्राहम लिङ्कननै जान्छ ।
अब्राहम लिङ्कनको जन्म एउटा गरीब अश्वेत परिवारमा भएको थियो। ती प्रथम रिपब्लिकन थिए जो अमेरिकाका राष्ट्रपति बनेका थिए। राष्ट्रपति बन्नु पूर्व उनी वकील, इलिअन्स स्टेटका विधायक (लेजिस्लेटर), अमेरिकाका प्रतिनिधि सभाका सदस्य थिए। उनी दुई पटक सीनेटको चुनावमा असफल पनि भए।
हेरौ अब्राहम लिङ्कनको मननिय भनाइहरू
१. प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनता द्वारा गरिने शासन पद्दती हो ।
२. मलाई रूख ढाल्न छ घण्टा देउ र म पहिलो चार घण्टा बन्चरो उदाउन लगाउनेछु ।
३. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।
४. भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउदछ ।
५. मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।
६. अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।
७. आफैमा विभाजित गृह कहिल्यै पनि माथी उठ्न सक्दैन ।
८. तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्दछौ तर सबैलाई सधै मूर्ख बनाउन सक्दैनौं ।
९. म अहिले जँहा छु र जे बन्ने बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति रिणी छु ।
१०. म मेरी आमाका प्राथनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै