
राति किन रुन्छन् बच्चा ?
२१ चैत्र २०७५, बिहीबार १९:३१
साना साना बच्चाहरु दिनमा सुतेर राती रोएर हैरान बानाउने गर्दछन जसकारण आमाहरुले हैरानी नै खेप्नु परेको छ । बाहिरी दुनियाँमा आइसकेपछि बच्चाले नयाँ विभिन्न अनुभव लिइरहेका हुन्छन् । आफ्नो वरिपरि दिनभर केही न केही गतिविधि हुने भएकाले बच्चा त्यतै अल्मलिन्छ । तर, राति सुनसान हुने हुँदा उसले एक्लो महसुस गर्छ ।
कारण
– बच्चाले सानैदेखि सपना देख्ने गर्छन् । यही क्रममा कहिलेकाहीँ डरलाग्दा सपना देख्छन्, अनि डराएर अकस्मात् ब्युँझिन्छन् र रुन थाल्छन् ।
– बच्चाले हरेक दिन नयाँ कुरा अनुभव गर्छन् । कहिलेकाहीँ बीच–बीचमा असहज अनुभूति गर्छन् । यसको प्रभावस्वरूप राति भएपछि रुन थाल्छन् ।
– दिनको समयमा बच्चा केही न केही कुरामा भुलिरहेका हुन्छन् । तर, राति अँध्यारोदेखि डराएर एक्लो महसुस गर्छन् ।
– बच्चाको आसपासको तापक्रम घटबढ (जाडो या गर्मी) हुँदा निद्राबाट ब्युँझिएर बच्चा रुन थाल्छन् ।
– कतिपय नवजात शिशुमा हाछ्युँ आउने हुन्छ । अनि, निद्रामै एक्कासि अर्धहोस भएर रुन्छन् ।
– बच्चाले निद्राबीच पनि ओछ्यानमै पिसाब फेर्ने गर्छ । यसो हुँदा ओछ्यान चिसो हुन्छ । चिसो भएपछि बच्चा रुन थाल्छ ।
– साथै, सुत्ने ठाउँ आरामदायी नहुँदासमेत उनीहरू रुन्छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान