Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

३६ वर्षअघि मारिएका इज्रेली सैनिकको कथा

२१ चैत्र २०७५, बिहीबार १७:०९


इज्रेलले भर्खरै आफ्नो ३६ वर्षअसघ लेवनान यूद्धमा मारिएका सैनिकको शरीरको बचेकुचेका भागहरु आफूले पाएको घोषणा गरेको छ । इज्रेली सुरक्षा र सम्मानका लागि यो अत्यन्त संवेदनशील कुरा हो । इज्रेली सैन्य प्रवक्ता जोनाथन कन्सीरसका अनुसार सरजेन्ट फस्र्ट क्लास ज्याचरी बाउमेलको शरीरका अशं पाएको बताएका छन्, उनी सन् १९८२ मा व्याटल अफ सुल्तान याकुव नामक यूद्ध अपरेशनका क्रममा मारिएका हुन् ।

ईआईएआई को सामान्य फ्लाइटमा इज्रेली इन्टेलिजेन्सको समन्वयमा ज्याचरीको शरीर कहाँवाट ल्याइयो भन्ने कुरा खुलाइएको छैन् । इन्टेलीजेन्स र सैन्य सुरक्षा अनि आफ्ना नागरीक माथिको हरेक हमलाको प्रतिशोध लिन खप्पीस र सशक्त देश इज्रेलले यस पटक ३६ वर्षपछि भए पनि आफ्नो सैनिकको शरीरका बाँकी अवशेषहरु घर फर्काएको हो ।

यिनको शरीरका बाँकी भाग फिर्ता लिन ३ वर्ष लामो अपरेशन गरि इन्टेलिजेन्सले अहिले आफ्नो मिशनलाई परिणाम दिएको हो । अप्रिल ९ को इज्रेली चुनाव अनि आगामी बिहिवारको इज्रेली प्रधानमन्त्री नेतेन्याहुको रुस भ्रमण अगावै गरिएको यो घोषणाको राजनैतिक कारण धेरै भएको बताइन्छ । नेथेन्याहुले इज्रेली जनतामाझ आफ्नो पक्कड बलियो गर्दै लान र आगामी चुनावमा थप पक्कड राख्न जनताको बिश्वास जित्ने कार्यहरु झनै गर्दै आएका छन् । आगामी रुस भ्रमणलाई लिएर शायद यि सैनिकको शरीर फिर्ता ल्याउन रुसको साथ र संलग्नता पनि रहेको हुन सक्ने विष्लेषण गर्न सकिन्छ ।

यि सैनिक बाउमेल अमेरिकामा जन्म भएर इज्रेलमा वसोवास सरेका बताइन्छ, मृत्यू भएको ३६ वर्षपछि यिनको शरीर स्वदेश फर्कदैछ । यि सम्पूर्ण कुराहरुका बावजुद के नेतेन्याहुले इज्रेली प्रधानमन्त्रीको ५ औं कार्यकाल पनि कार्य गर्नेछन्, हेर्न बाँकी छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,