Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

के साउदी अरबले आफ्नै परमाणु रियाक्टर बनाँउदै छ ?

२२ चैत्र २०७५, शुक्रबार ११:३०


परमाणु रियाक्टर र परमाणु बमको बिकासले विश्वमा धेरै हलचल ल्याएको पाइन्छ । शक्तिराष्ट्रहरु आफुभन्दा अरु शक्तिशाली भएको देख्न चाहदैनन् अनि साना र शक्तिका उपासक राष्ट्रहरु अब क्रमश हतियार र परमाणु बिकासको खातामा स्वाबम्बी बन्न चाहन्छन् । उत्तर कोरियाको पनि त्यस्तै परमाणु बिकासको श्रृखलाको कारणले अमेरिका लगायत अन्य बिकसीत देशहरुसंग बैमनस्यता भएको हो अब यो परमाणु बिकासको श्रृखलामा नयाँ राष्ट्र थपिन गएको छ, साउदी अरब ।

मध्यपूर्वको बिशालकाय अनि शक्तिशाली यस देशका शाषक कहिले प्रविधिमैत्री पैरवी अनि शहर बिकासको परिकल्पनामा सर्वत्र वाहवाही बटुलिरहेका थिए त कहिले खग्गोशीको टर्कीमा भएको बिभत्स हत्याको आरोपमा सर्वत्र निन्दामा परेका थिए । अहिले गुगलको स्टाटलाइट ईमेजले देखाएको एउटा अनौठो तस्वीरमा साउदी अरबले आफ्नो भूभगमा परमाणु रियाक्टर बिकास गरिरहेको पुष्टि भएको छ । अब केवल वर्षदिनमै साउदी अरब न्यूक्लियर हतियारमा आत्मनिर्भर हुँदैछ, जुन एउटा ठाडो चुनौति हो । न्यूक्लियर बिशेषज्ञ रोवर्ट केलीले गुगल ईमेज हेरेपछि त्यस क्षेत्रमा परमाणु हतियार बिकास भइरहेको पुष्टि गरेका हुन् तथापी उनले यो रियाक्टर प्रारम्भिक चरणमा भएको पनि बताएका छन् ।

राजधानी रियादमा भएको किगं अव्दुल्लाहजीज शहर छेउमा भएको साइन्स एण्ड टेक्नोलोजी सेन्टरमा भएको परमाणु रियाक्टरको पुष्टि भएको हो । परमाणु बिशेषज्ञ रोवर्ट केलीका अनुसार यसरी रियाक्टरमा इन्धन भरिनु अघि संयुक्त राष्ट्र संघको परमाणु निकायलाई जानकारी गराउनुपर्ने प्रावधान छ । हुन त साउदी अरबले ३ दशक अगावै न्यूक्लियर पननप्रोलिफेरेशन सन्धीमा हस्ताक्षर गरेको छ । साउदी अरब अधिकारीले भनें उक्त रियाक्टर हतियार बनाउन नभई उर्जाका लागि बनाएको बताएका छन् । उक्त रियाक्टर साउदी अरबका लागि अर्जेन्टीनाको कम्पनी इनभ्यापले बनाइरहेको छ । अब अर्जेन्टीनाले उक्त रियाक्टरमा यूरेनियम पनि भरिदिने या नभरिदिने भन्ने चाँही थाहा नभएको रोवर्ट केलीले बताए । साउदी अरबको छिमेकी ईरानसंग पुरानो बैमनस्यता छ, परमाणु हतियार बिकासको श्रेणीमा ईरानले परमाणु बिकास गरे आफुहरु पनि चुप नबस्ने गत वर्ष साउदीका राजकुमार मोहम्मद बीन सलमानले बताएका थिए ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले