
जर्मनमा ईस्लाम कन्फरेन्स : के एक राज्यले नेतृत्व गरेको परियोजनाले धर्मको नयाँ व्याख्याको साथ सफल हुन सक्छ?
२२ चैत्र २०७५, शुक्रबार १७:२४
गत नोभेम्बरमा जर्मनको राजधानी बर्लिनमा ईस्लाम कन्फरेन्स भएको हो । समग्र यूरोपमा नै ईस्लामीक मुभमेन्ट अनि रेसिज्मको विवाद पछिल्लो समयमा चुलीमा पुगेको छ । जर्मनले गत नोभेम्बरमा आयोजना गरेको उक्त ईस्लामीक कन्फरेन्स को विषयमा जर्मन भित्र र बाहिर नै निकै विवाद भएको पनि थियो ।
हुन त सन् २००६ बाटै जर्मनको सरकार र त्यहाँ भएका मुसलमान समुदाय बिच स्वस्थ कुराकानी गर्न अनि सहृदय समबन्ध स्थापना गर्न यो कन्फरेन्स शुरु गरिएको पाइन्छ । तर क्रमश आजभोली भनें यस कन्फरेन्सले समग्र ईस्लाम धर्मलाई नै पूर्नपरिभाषीत अनि प्रचार गरेको आरोप छ ।
जर्मनमा लगभग ५० लाखको हाराहारीमा ईस्लामीक धर्मावम्बीहरु छन् र अहिले जर्मनले यी कार्यक्रमहरु मार्फत यूरोपियन ईस्लाम र जर्मनीको भर्जनमा ईस्लामको नयाँ शाखा बिस्तार गर्न लागेको आरोप पनि धेरैको छ । रिलीजन मनिटर भन्ने जर्मनीका मुसलमान समुदायमा गरिएको अध्ययनमा त्यहाँका सबै मुसलमान परिवारहरु संग कुराकानी गरिएको थियो, यस अध्ययनका अनुसार ९६ प्रतिशत जर्मन मुसलमानले आफूहरु जर्मन सरकारसंग नजिकै महसुस गरेको बताएका छन्, ९० प्रतिशत जर्मनका मुसलमानहरु प्रजातन्त्रका लागि कटिवद्ध पाइएको छ भनें ९३ प्रतिशत जर्मनी मुसलमानहरुले आफूहरु जर्मनी समाजको धार्मीक बिभिदता प्रति उदार रहेको र ८३ प्रतिशतले आफू लैगींक समानतामा विश्वास राख्ने बताएका छन् ।
जर्मनमा मुसलमान समुदायको बढ्दो वाहुल्यता अनि घुलनशीलताको भविष्य कस्तो हुने हो भन्ने त भविष्यले देखाउनेछ तथापी यूरोपका अन्य देशमा भन्दा जर्मनमा तुलनात्मक रुपमा धेरै सहृदयता रहेको अध्यनले देखाएको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन