
गाँउ शोकमा छ तर अरुका लागि यो चाडपर्व जस्तो छ
२४ चैत्र २०७५, आईतवार ११:१५
अलजजीराका लागि नेपालबाट सुबिना श्रेष्ठले लेखेको रिपोर्टको यहाँ नेपाली सस्करण प्रस्तुत गर्दै छौं । बाराको ग्रामीण गाँउ फेटाबाट उनी लेख्दछिन कि गाँउमा चम्कीला र रगंीन रिक्शाहरु अनि गाडी चालकहरुको बाक्लो उपस्थितीमा बिभिन्न राहत सामाग्रीका साथ अन्य ठाँउवाट मान्छेहरु ओइरिएका छन् । कोही केवल घुम्न मात्र आएका छन् र धेरै जसो फोटो लिन र सेल्फी खिच्न व्यस्त देखिन्छन् । एकहुल बिधार्थीहरुले आफू बिधालयको नेतृत्वमा प्राकृतिक प्रकोप बस्तो हुन्छ भनि हेर्न आएको पनि बताए ।
उता काठमाडौबाट केवल १२० किमी परको फेटा गाँउका वासिन्दाको भनें कतै जाने ठाँउ छैन । धेरैले आफ्नो घर गुमाएका छन्, धेरैजना आफ्नो घरका अनि घरभित्रका बचेका सामानहरुको पहरा दिन उभिएर बसेका छन्, ति सामान अनि घरका थुप्राहरुमा उनीहरुको सपना छरपष्ट देखिन्छ । उनीहरुलाई चित्त दुख्दछ जब अन्य मान्छेहरुले उनीहरुलाई विपत्तीमा परेको कारणले चिडियाखानामा जनावर हेर्न आएको झैं हेर्दछन् । गत आइतबार उनीहरुको सपना र चैनलाई हावा हुण्डरीले उडायो, घर, सामान, रुख अनि गाडीहरु सम्म उडाएर लडायो ।
स्थानीयका अनुसार त्यस दिन हावा गोलो गोलो परिवृतीमा चल्यो र त्यस्तो हावा र हुण्डरी उनीहरुले कहिल्यै देखेका थिएनन । हावाको गति प्रतिघन्टा ९० किमीको दरमा रहेको थियो । २ मिनट भन्दा कम समयमा ३१ जनाले ज्यान गुमाए, सैयौं घाईते भए, २४०० घर लडे जस्मा करिब ९०० घरहरु त जमिनमा भित्ताहरुका साथ सोत्तर नै भए ।
हुन त संघिय सरकारले प्रति मृतक रु ३ लाख दिने घोषणा त ग्यो तर सरकारको विपत्ती ब्यबस्थापन र राहत प्रावधानले भनें यसपाला पनि बारा पर्साका पिडीतहरुको घाउमा मल्हम लगाउन नसकेको प्रष्ट छ ।
हामी क्यामरा सित आजित भइसक्यौं, सबैले हाम्रो फोटो लिन्छन् तपाईले झैं । हाम्रो पिडा र वेदना कसैले बुझ्न सकेन सम्पूर्ण गाँउ शोकमा छ तर अरुका लागि भनें कुनै चाडपर्व झैं देखिन्छ । अधिकांश स्थानीयको तर्क यस्तो छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग