Lifestyle Portal
  •   ९ असार २०७८, बुधबार

सीताको जन्म

२३ चैत्र २०७५, शनिबार ०६:०७

 

सीतालाई रामसंग जोडेर हेरिन्छ तर सीता आँफैमा समग्र नारी जगतको लागि उदहारण अनि संयमताको पहिचान हुन् । धर्तिबाट उत्पन्न यिनी वैदेहिका बिभिन्न नामहरु छन्, सीता, वैदेहि, जनकनन्दनी, किशोरी जी लगायत सीताका अनेकन नाम छन् । यिनको जन्म तथा अन्त दुबै रोचक अनि रहस्यमयी छन्, बास्तवमा भन्ने हो भनें सीताको बास्तविक मातापीता अहिलेपनि तोकेर भनिएको छैन । रावणलाई पनि सीताको पीताका रुपमा मानिएको केहि ग्रन्थहरुमा पाइन्छ, रावणलाई आफ्नी छोरीलाई बलात्कारको प्रयास गरेमा मृत्यु हुने भनी अमर वरदानमा एउटा प्रावधान हुन्छ । यिनै रावणले मिथिलाञ्चलमा हत्या गरेका ब्राह्मणहरुको रगत राखेको भाँडो यिनकी पत्नी मन्दोधरीले भुलवश पिउन पुग्दछिन् । त्यसपछिको गर्भमा सीताको जन्म भएको र मन्दोधरीले थाहा नदिई सीतालाई मिथिलाको धर्तिमा समाहित गरेको जस्लाई पछि जनक राजाले भेटेको कथन पनि छ ।

धेरै कथा कहानी अनि किम्बदन्तीका बिचमा रामायण एउटा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको जीवनकथा हो ।
– वी भागवतका अनुसार लङ्काधिपति रावणले आफ्नो पहिलो सन्तान ९कन्या०लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो र त्यो थलो जनकपुर थियो। मय राक्षसकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको हो। अद्भूतरामायण अनुसार त्यतिखेर रावणको अत्याचार ज्यादै बढेको थियो। ऋषि, तपस्वीलाई उसले निकै कष्ट दिन्थ्यो। तपस्यारत ऋषि, तपस्वीका शरीरमा बाणले घोच्दै रगत झिकेर घैँटामा भथ्र्‍यो। गृत्समद ऋषि पनि त्यहीँ तपस्या गरिरहेका थिए। उनी सदा कुशको अग्रभागबाट निस्किएको दूध घैँटामा जम्मा गर्थे। रावणले यस कुराको चाल पाई त्यो घैँटो चोरी दूध जति आफ्नो घैँटामा भरेको थियो। रावणबाट वाक्किएकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइदिइन्। मन्दोदरी त मरिनन् तर त्यसबाट उनमा गर्भ रहन गयो। यस गर्भलाई उनले जमीन मुनि गाडिदिएकी थिइन्। राजा जनकले हलो चलाउँदा सीता फेला पारेका हुन।

– आनन्द रामायण अनुसार मिथिला भूमिमा एक ब्राहृमणले सन्दुक फेला पारी राजा जनकलाई जिम्मा दिएका थिए। त्यसभित्र कन्या भएकीले राजा जनकबाट उनको पालनपोषण भएको हो। मिथिला भूमिमा सन्दुक गाड्ने काम चाहिँ रावणले गरेको थियो। गाड्दाखेरि सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन्-“म फेरि लङ्का आई तँ र तेरो वंशलाई सखाप पार्नेछु।” आनन्दरामायण कै अनुसार भगवान् विष्णुले दिनुभएको महालिङ्गबाट निस्किएकी “पद्मा” राजा पद्माक्षरकी छोरी हुन्। पद्माको बिहेका लागि आयोजित स्वयम्बर समारोहमा दैत्यले तँछाड मँछाड गर्दै कोलाहल मच्चाएकाले उनी आगोमा विलीन भइन्। केही कालपछि उनी अग्निकुण्डबाट निस्कँदा रावणको कुदृष्टि परेको र उसले पछ्याउँदै आएकाले उनी फेरि आगामै हराएकी थिइन्। रावणले अग्निकुण्ड समेत भत्काउन लगायो र त्यहाँ पञ्चरत्न हात पार्‍यो। सन्दुकमा राखिएको पञ्चरत्नमा मन्दोदरीले कन्याका रूपमा पद्मालाई देखिन्। यो थाहा पाएपछि रावणले सन्दुक बन्द गरेर जमीनमा गाडिदियो र त्यही गाड्ने बेलामा पद्मा (सीता)ले श्राप दिएकी हुन्।

– कम्बरामायणका अनुसार शीरध्वज (जनक)का भाइ कुशध्वजकी छोरी वेदवती रावणका कारण आगामा होमिई खरानी भएकी थिइन् र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन्। यो कथा अनुसार सीता कुशध्वज र मालावतीकी छोरी प्रतीत हुन्छिन्।

राम अनि सीताको कथा, इतिहास अनि बिम्ब विश्वमा सर्वाधिक पुरानो, उत्कृष्ट अनि प्रचलित छ । रामको र अनि सीताको स हामी सबैको जीवन अनि नाममा बसेको छ, जानकी, मिथिला, वैदेहि अनि किशोरी जी लगायत धेरै नामले पुकारा गरिने यिनै सीताको जन्मथलो, माईत अनि धर्ति मिथिलाको जनकपुर जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम, सीताकुण्ड लगायतका अनेकन ठाँउ अनि सभ्यतामा जीवित छन् ।

सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता

बुद्धले एकजना व्यक्तिलाई सोधे— तिम्रो उमेर कति पुग्यो ? साठी वर्ष । होइन । ती व्यक्तिले फेरि भने— भगवान् !

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा

काठमाडौँ– हिन्दु धर्मशास्त्र अनुसार ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)को पुजा