Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

खकुरेल, दुवाल र आचार्यलाई ‘नइ पुरस्कार’

२३ चैत्र २०७५, शनिबार १८:०८


काठमाडौं, २०७५-१२-२२ । नइ प्रकाशनद्वारा मन, वचन र कर्मले स्वास्थ्यविज्ञानमा समर्पित भई जनस्वास्थ्यका लागि अनुकरणीय योगदान पुर्याउने प्रा.डा.महेश खकुरेललाई ‘नइ खरा प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा समर्पित भई देशदेशान्तरमा नेपालीभाषा र साहित्यको गरिमा बढाएबापत श्री मोहन दुवाललाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी उपत्यका बाहिर बसेर नेपाली भाषासाहित्य र शिक्षासेवामा निरन्तर समर्पित रहँदै पुर्याएको विशिष्ट योगदानका निम्ति नेपालगञ्जकी श्रीमती किरण आचार्यलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ ।

यी पुरस्कारका राशि जनही पचास हजार रूपियाँ रहेका छन् । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १००औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा शताब्दी पुरुषकै हातबाट नइ पुरस्कारहरू समर्पण गरिनेछन् ।


नरेन्द्रराज प्रसाई
सदस्यसचिव
नइ प्रकाशन

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन