Lifestyle Portal
  •   २२ मंसिर २०७९, बिहीबार

पानीले रोक्यो धुर्मुसको ‘मातृभूमि कप’ क्रिकेट

२३ चैत्र २०७५, शनिबार १८:५६

लोकप्रिय

चैत्र, काठमाडौं । आज (शनिबार) हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगीता बिहानै देखी परेको पानीका कारण स्थगित भएको छ । बिहान १० बजेदेखी नै राष्ट्रिय क्रिकेट टिम र कलाकारहरु गरी दुई–दुई टिम बिच प्रतियोगीता हुने भनिएको थियो तर बर्षातका कारण आजका लागी खेल रोकिएको हो ।

अब खेल अर्को शनिबार हुने सम्भावना रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस बताउँछन् । ‘आज नै शनिबार भनेर तोक्न सकिदैन तर सम्भावना आउँदो शनिबारका लागी छ । भोली हामीले मिति तोक्नेछौं ।’ धुर्मुसले भने ।

यस मातृभूमि कप क्रिकेट प्रतियोगीता धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगार्थ गर्न लागेको हो । साथै खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई छुट्याउने फाउण्डेसनले बताएको छ ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेल्दै छन् । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । कलाकारहरुको टिममा अभिनेता निर शाह, सुनिल थापा देखी अहिलेका युवास्टर सलिनमान बनिया, पल शाह सम्मले क्रिकेट खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,