
प्रश्रितलाई हृदयघात, अस्पताल भर्ना
२३ चैत्र २०७५, शनिबार २१:२२
सुप्रसिद्ध साहित्यकार डा. मोदनाथ प्रश्रितलाई हृदयघात भएकाले नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । उहाँ आजै काठमाडौबाट भैरहवातर्फ लाग्नु भएको थियो ।
सोही क्रममा प्रश्रितलाई धादिङको गल्छीमा पुग्दा हृदयघात भएको थियो । त्यसपछि उहाँलाई त्यहाँबाट तुरून्तै फर्काएर ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
अस्पताल पुर्याए लगत्तै उहाँको एनजिओ प्लास्टी गरिएको थियो ।
मुटुको भल्भमा जमेको रगत हटाइएपछि अहिले डा. प्रश्रितलाई सिसियू उपचार कक्षमा राखिएको छ ।
डा. प्रश्रितले साँझको खाना पनि सहज रूपमा नै खानु भएको छ । अहिले उहाँको अवस्था खतरामुक्त रहेको बेहोरा उहाँको उपचारमा संलग्न डा. रोशना तिमिल्सिनाले जनाउनु भएको छ ।
डा. प्रश्रितले आज साँझ नइसँगको भेटघाटमा प्रथमत: वर्तमान नेपाली साहित्यिक गतिविधिबारे नै चासो राख्नुभयो । त्यसैक्रममा उहाँले भन्नुभयो- “धेरै साथीहरूले आआफ्ना कृति उपर भूमिका लेख्न मकहाँ ल्याउने गर्छन् । सबैलाई चाँडै चाहिने हुन्छ । सोही प्रेसरका कारण निकै रातिसम्म पनि अनिदो रहेर लेखिरहनाले मलाई तनाव भैरहेको थियो । बाटामा त्यही प्रसङ्गमा घोत्लिरहेका बेला अकस्मात मेरो छाती भारी भयो । चारैतिरबाट छातीमा चस्का हानेको म महसुस गर्दै थिएँ । मलाई निक्कै गाह्रो भइरहेको थियो । त्यसैबेला मैले अड्कल काटें, मलाई पक्का पनि हृदयघात भए जस्तो छ । त्यसपछि केके भयो मलाई थाहा छैन । तर अब म यो मुल्काबाट बाचेँ ।”
(स्रोत: नरेन्द्रराज प्रसाईको फेसबुक)
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो