
नेपालको सीमावर्ती क्षेत्रमा आँधीहुरी आउन सक्ने लखनउ मौसम केन्द्रको अनुमान, सचेत रहन आग्रह
२४ चैत्र २०७५, आईतवार १३:०३
४ अप्रिलमा सूचना जारी गर्दै भारतको पृथ्वी विज्ञान मन्त्रालयले उसको मौसम केन्द्र लखनऊलाई पत्र लेख्दै यस विषयलाई ध्यान दिन निर्देशन दिएको हो । मौसम विभागले जानकारी गराएको ति सबै जिल्लाका जिल्लाअधिकारीहरुलाई पत्राचार गर्दै सुरक्षाको उपाय अपनाउन तथा मानिसहरुलाई कम्तिमा २ दिनसम्म बाहिर निस्किंदा सचेत रहनका लागि भनिएको छ । साइक्लोनको असर पूर्वी यूपीको कुशीनगर, सिद्धार्थनगर तथा महाराजगञ्ज समेत यूपीका कूल २८ जिल्लामा हुनसक्छ भनिएको छ ।
सूचना अनुसार आज ७ अप्रिल अर्थात् सम्भावित साइक्लोन (आँधि) आउनसक्ने अन्तिम् दिन । भारतीय पृथ्वी विज्ञान मन्त्रालयको सूचना अनुसार उसले सचेत रहन भनेको जिल्लापारी नेपाली भूमीको लुम्बिनी क्षेत्र तथा आसपासका जिल्लाहरु पनि पर्दछन् । यस विषयमा हामीले नेपाल सरकारको Department of Hydrology and Meteorology अन्तरेगतको Meteorological Forecasting Division लाई सम्पर्क गरी यस विषयमा कुराकानी गरेका थियौं ।
मौसम बिभागले आफ्नो वेबसाइटबाट चैत्र २३ गते (शनिबार), सांझ ६:०० बजे जारी गरेको तीनदिनको मौसमबारे पूर्वानुमान ( २०७५/१२/२३ देखि २०७५/१२/२५) अनुसार २३ गते शनिबार राति: देशको अधिकांस भूभागहरुमा सामान्यतया देखि पूर्ण बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ र हुरी बतासका सहित वर्षाको संभावना रहेको छ। उच्च हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।
चैत्र २४ गते (आइतबार):
दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।
राति: देशको पूर्वी क्षेत्रको अधिकांस भूभागहरुमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पुर्वी भू-भागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |
चैत्र २५ गते (सोमबार):
दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पूर्वि भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।
राति: देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा