Lifestyle Portal
  •   ३१ बैशाख २०७८, शुक्रबार

विश्व स्वस्थ दिवसको अवसरमा कलेज अफ सेन्ट्रल स्टेटले गर्यो सरसफाई र जनचेतनामुलक कार्यक्रम

२४ चैत्र २०७५, आईतवार १४:१९

कालिमाटी सोल्टीमोड स्थित कलेज अफ सेन्ट्रल स्टेट भिभिन्न एक्स्ट्रा करिकुलर एक्टिभिटिज गराउने कलेज मध्ये पर्दछ । उक्त कलेजमा साइन्स, आर्ट्स र म्यानेजमेन्ट संकायमा पढाइ हुने गर्दछ । सो कलेज सोसियल वर्क पढ्ने विद्यार्थीहरुको पनि उत्कृस्ट छनोटमा पर्ने कलेज हो । आज विश्व स्वस्थ दिवसको अवसर पारेर कलेज अफ सेन्ट्रल स्टेट, कालिमाटी सोल्टीमोडले आज सरसफाई तथा र्याली निकालेको छ । सोल्टीमोडबाट सुरु भएको उक्त कार्यक्रम कालिमाटी, ताहाचल हुदै सोल्टीमोड नै पुगेर उक्त कार्यक्रम समापन भएको छ । ब्यानर र झाडु सहित चोक र गल्लीहरु पुगेर सरसफाईका साथै जनचेतनामुलक कार्यहरु पनि उक्त कलेजका विद्यार्थीहरुले गरेका थिए ।

विद्यार्थीहरुलाइ बेलाबेलामा एक्स्ट्रा करिकुलर एक्टिभिटिज गराउने उक्त कलेजले छिट्टै नै अनलाइन मार्फत पढाउन सुरु गर्दै छ । नेपालमा विश्वका राम्रा कलेजबाट सम्बन्धन लिएर पढाउने कलेजको संख्या कमी छैन । तर कलेजमा भने अनलाइन मार्फत पढाउने कलेज थोरै मात्र छ । नेपालमा अनलाइन स्टडीलाइ प्राथमिकता नदिएको कारण विधार्थी विदेशमा गएर बढ्नको लागी धेरै नै समस्या हुने बिज्ञहरुले बाताउदछन् । ‘satsom’ र कलेज अफ सेन्ट्रल स्टेट मिलेर अनलाइन मार्फत जादै छन । अनलाइनमा पढाइ सुरु भैसके पछाडी विधार्थीहरुले अनलाईनमा नै सहज रुपमा पढ्न सक्ने छन । स्याटसम एउटा यस्तो माध्यम हो जसमा पढ्ने बिद्यार्थीहरुले इन्ट्रान्स परिक्षामा राम्रो नतिजा ल्याउदछन भने स्याटसमबाट पढ्ने उत्कृस्ट बिद्यार्थीलाइ चाइनाको “जियान” प्रान्तमा स्कलरसिपको पनि ब्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर

बामाको । मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन् । २५ वर्षीया हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन