Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

कालो मसो किन दलियो?

२४ चैत्र २०७५, आईतवार १६:०८

लोकप्रिय

कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका प्राध्यापक बिष्णुराज ओझालाई कोर्स छिटो सक्काएको र राम्ररी नपढाएको भन्दै विद्यार्थीहरुले कालोमोसो र जुत्ताको माला लगाईदिएका थिए । कालोमोसो किन दलियो भनेर निम्न बुदाहरुमा बिद्यार्थीहरुले जानकारी गराएका छन

१.विश्वविद्यालयको इतिहास र विश्वविद्यालय नबन्दै (तात्कालिन IAAS ) हुँदा देखी नै उहाँले विद्यार्थी छानेर अंक दिने गरेको

२. राजनैतिक दल, नमस्कार गर्ने/ नगर्ने, कक्षामा प्रश्न सोध्ने/ नसोध्ने (प्रश्न सोध्ने विद्यार्थीलाई फेल नै गरेको इतिहास छ ), आफ्नो तानाशाह कबुल गर्ने/ नगर्ने हेरेर अंक दिने

३. हामीले विश्वविद्यालय सुधार गर्नुपर्छ, प्रशासनको नियमअनुसार (Routine अनुसार) पढाउनु पर्छ भन्दा ‘तिमीहरुलाई मैले हेरिराछु, तिमीहरुको अंक मेरो हातमा छ’ भनेर धम्की दिएको

४. ३ वटा सेक्सनका १६५ विद्यार्थीलाई एउटै हलमा राखेर पढाएको ( कृषि प्राविधिक विसय हो, त्यति विद्यार्थी एउटा हलमा राख्दा नबुझिने साथै बस्ने कुर्सीको समेत अभाव भएको) त्यसैले कक्षाबाट निस्कन हामी बाध्य भयौं

५. तत्काल नै डिन सरलाइ यसबारे जानकारी गराएको

६. अर्को दिन पनि त्यसै गरि पढाउदा हामिले सहायक डिन (शैक्षिक डिन) लाई छैठौं सत्रान्तका विद्यार्थीको तर्फबाट विज्ञप्ति बुझाएको, सहायक डिन अाएर ‘सर, कक्षा छुट्टाछुट्टै चलाउनु पर्यो’ भन्दा विद्यार्थीहरुलाई ‘तिमीहरूको भविष्य मेरो हातमा छ, Recommendation चाहिन्छ कि चाहिँदैन ?? ल अाओ, तिमीहरू र हाम्रो group लडौँ , हेर्दै जाअो तिमीहरूलाई पनि कति नम्बर दिएर भविष्य बर्बाद गरिदिन्छु’ भनेर धम्की पुर्ण भाषा प्रयोग गरेको

७.अझै अर्को दिन पनि त्यही पुरानै रवैया देखाएपछि हामीले शैक्षिक डिनलाई दबाब दिँदै Chamber बन्द गर्यौँ

८.उक्त Department को प्राध्यापकहरुलाई हामीले बिन्ती गर्दा ‘२०अौँ वर्षदेखि यसरी नै पढाउँदै अाएको छ, हामी पनि अाजित छौँ ।’ भनिसकेपछि हामीले Department मा विज्ञप्ती टाँसेर ताला बन्दी गर्यौँ

९.एक वर्ष अघि पनि त्यही प्राध्यापकको “Agricultural Statistics” पढाउँदा यहि हरकतको मारमा परेका थियौँ

१०. एउटा सेक्सनमा 30 hour गर्दा ३ सेक्सनको 90 hour हुन्छ, 90 hour को पढाइ 4 hours मा सकेर हिँड्ने भ्रष्टलाई कतिन्जेल कति पुस्ताले छाड्ने ?

११.हाम्रो यसै विवादलाई लिएर अघिल्लो वर्षको चौथो सेमेस्टरको अंक ‘परिक्षा नियन्त्रण’मा पठाएको छैन, कति नम्बर पाउँदो रैछौ भनी झोक्किएको र अधिकांश साथीहरूलाई practical मा just pass अंक दिएको कुरा व्यक्तिगत प्रतिशोधले विल्कुल प्रेरित भएको, यसले Distinction ल्याइरहेका मेधावी छात्रहरुको grade मा ठूलो मार परेको

१२.अाग्रह, विज्ञप्ति, प्रशासन, Department केहीबाट संभव नभएर बाध्य भई हामीले भ्रष्टलाई कालो मोसो दली जुत्ताको माला लगाएका हौँ । २० अौँ वर्षदेखि वर्षेनी १०० जना पढाउँदा अधिकांशको भविष्य कालो बनाएका यिनलाई कालो मोसो रहर, पुर्वाग्रह वा राजनीतिक प्रतिशोधले नभई frustration र oppression को outcome को रुपमा दलेका हौँ

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै