
धरानका चर्चित डाक्टर ज्ञानबहादुर श्रेष्ठको निधन
२४ चैत्र २०७५, आईतवार १६:५४
डाक्टर ज्ञानबहादुर श्रेष्ठको नाम नसुन्ने र उनको उपचार नलिने सायदै धरानमा कोही होलान् । उनै डा.श्रेष्ठको आज बिहान निधन भएको छ ।
धरान ७ स्थित घरमा नै डा.श्रेष्ठले क्लिनिक चलाएका थिए । मानिसहरुलाई डा. श्रेष्ठ र उनको उपचार पद्दतीप्रति यति विश्वास थियो कि धरानभित्रकै वीपी प्रतिष्ठानमा उपचार गराउन भन्दा उनको क्लिनिकमा जान्थे । डा.श्रेष्ठ मृदु भाषी थिए । उनको बोलीबाट नै विरामीहरु प्रभावित हुन्थे । डा. श्रेष्ठ विरामीको उपचार गर्न बोलाउदा घरमा पनि पुगिदिन्थे ।
डा.श्रेष्ठको आज बिहान करिब ८ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निधन भएको वडा नं ७ का कार्यवाहक अध्यक्ष जीवन सुवेदीले जानकारी दिए । डा.श्रेष्ठको आजै धरानको खत्रीधारामा अन्त्येष्टी गर्ने परिवारजनबाट जानकारी पाएको सुवेदीले कपुरीन्यूजसँग बताए । डाक्टर श्रेष्ठको ७५ बर्षको उमेरमा निधन भएको हो । उनी २००० साल फागुन २६ गते जन्मिएका थिए ।
डा.श्रेष्ठका छोराहरु पनि दुवै चिकित्सा पेशामा नै छन् । एक छोरा डा.निकेश वीपी प्रतिष्ठान छोडेर विराटनगरको एक निजी अस्पतालमा कार्यरत छन् भने बुहारी डा.शैलजा हाल वीपी प्रतिष्ठानमा नै कार्यरत छिन् । अर्का छोरा भने अमेरिकामा छन् । प्रतिष्ठानस्थित मेडिशिन विभागका प्रमुख डा.सञ्जिव शर्माका अनुसार स्वर्गीय डा.श्रेष्ठ धरानमा ब्रिटिश घोपा क्याम्प हुदा क्याम्पको अस्पतालमा कार्यरत थिए । त्यसपछि भने उनले आफैले क्लिनिक चलाएका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै