Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

सन्दिपको आजको सिकार मोईन अलि, RCB ले जितका लागि दिल्लिलाई दियो १५० को लक्ष्य

२४ चैत्र २०७५, आईतवार १८:०६


सन्दिप लामिछानेले दिल्लीको १४ औं तथा आफ्नो व्यक्तिगत तेश्रो ओभरको दोश्रो बलमा १८ बलमा ३२ रन बनाएर खेलीरहेका मोईन अलीलाई आफ्नो चर्चित गुगलीको जालोमा पार्दै विकेट किपर ऋषभ पन्तद्वारा स्टम्पिङ गराउँदै विकेट लिन सफल भएका छन् । आजको खेलमा दिल्लिले RCB लाई कुनैपनि समय खुलेर खेल्न दिएन र केवल १४९ रनमैं सिमित राख्न दिएको छ । अब जितका लागि दिल्ली क्यापिटल्सले १५० रन बनाउनुपर्नेछ ।

दिल्ली क्यापिटल्सले टस जितेर आइतबार नेपाली समय अनुसार सुरु भएको खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ब्याटिङको निम्तो दिएको थियो । आज हरियो जर्सि लगाएर ब्याटिङ गर्न ओर्लिएको रेड आर्मी टोली रन जोड्ने कुरामा सुस्त देखियो, RCB का कप्तान पनि आज चलेनन । आफ्नो तेश्रो ओभरको बलिङ गर्न आएका रबाडाले पहिलो बलमैं दिल्ली क्यापिटल्सका कप्तान श्रेयष अैयरको हातबाट क्याच आउट गराउन सफल भए । सोही ओभरको तेश्रो तथा छैठौं बलमा दुई अर्को विकेट लिन सफल भए ।

उत्कृष्ट बलिङ पस्किएका दिल्लिका रबाडाले खेलको २० औं तथा आफ्नो चौथो ओभर सक्काउँदासम्म ४ विकेटका साथ कूल ५.२५ को औसतमा रन २१ रन मात्र खर्चिए ।

दुवै टोली आफ्नो पछिल्लो खेल झै बिना कुनै परिवर्तन खेल्न ओर्लिएका छन् । RCB का कप्तान बिराट कोहलीले आफ्ना बलरहरुमा फेरी विश्वास देखाएका छन् । पछिल्लो खेलमा RCB ले पस्किएको २०५ को राम्रो चुनौतीलाई कोलकाता नाईट राईडर्सका आन्द्रे रसलको आक्रामक अविस्मरणीय खेलका कारण म्याचमा हार बेहेर्नुपरेको थियो । जबकि दिल्ली क्यापिटल्सका कप्तान श्रेयस  कैपिटल के कप्तान श्रेयस अैयरले सनराईजर्स हैदराबादसंग भएको लाजमर्दो हारका बावजूद पनि आफ्नो सेट टोलीलाई विश्वास गरेका छन् ।

रोयल च्यालेञ्जर्स बेंग्लोर: १ पार्थिव पटेल (wk), २ विराट कोहली (कैप्टन), ३ एबी डिविलियर्स, ४ मार्कस स्टोइनिस, ५ मोइन अली, ६ अक्षदीप नाथ, ७ पवन नेगी, ८ नवदीप सैनी, ९ टिम साउथी, १० युजवेंद्र चहल, ११ मोहम्मद सिराज

दिल्ली क्यापिटल्स: १ पृथ्वी शॉ, २ शिखर धवन, ३ श्रेयस अैयर (कप्तान), ४ ऋषभ पंत (wk), ५ राहुल तेवतिया, ६ कलिन इनग्राम, ७ क्रिस मोरिस, ८ अक्षर पटेल, ९ केगिसो रबाडा, १० इशांत शर्मा, ११ सन्दिप लामिछाने

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग