
IPL 2019 मा खस्दै नखस्ने बेल्स अर्थात् ‘गिल्ली’
२४ चैत्र २०७५, आईतवार २३:३८
विकटों में ३-३ वटा पहिले प्रयोग हुने काठको स्टम्पहरु क्रिकेट पिचको दुवैपट्टी बरोबरी राखिएका हुन्छन् । जसको एउटा निस्चित दुरीभित्र बसी ब्याट्सम्यानले ब्याटिङ गर्छन भने अर्को पट्टीको स्टम्प तर्फबाट बलरले बलिङ गर्नेगर्छन् । यि स्टम्पहरुको लम्बाई ७१ सेन्टिमिटर हुन्छ । हरेक स्टम्प पछि अर्को स्टम्पबिचको ग्याप ९ ईन्च राखिएको हुन्छ । जसको माथी काठको दुईवटा गिल्ली राखिएको हुन्छ जसको उँचाई स्टम्पबाट १.३ सेन्टिमिटरभन्दा माथि नहोस भन्ने कुरामा ध्यान दिईएको हुन्छ । यसको लम्बाई कम्तिमा १.३ सेन्टिमिटर हुन्छ ।
क्रिकेटको विविध नियमको समय समयमा परिवर्तन त हुँदै आएको छ, आधुनिकतासंगै क्रिकेटमा स्टम्प, गिल्लीको उँचाई, लम्बाईमा त कुनै परिवर्तन भएन तर यो तयार पारिने सामाग्रीमा भने परिवर्तन भएको देख्न सकिन्छ । अन्तर्राष्ट्रिय श्रृंखलाहरुमा काठबाट तयार भएको क्रिकेटको सबैभन्दा महत्वपूर्ण सामाग्री स्टम्प तथा गिल्लि आजभोली प्लाष्टिकबाट बनेको प्रयोग हुन थालेको छ । किनकी अहिले प्रयोग हुने स्टम्प तथा गिल्लपिहरुमा माईक्रोफोन तथा प्रकाशका लागि सेन्सर सहितको प्रविधि प्रयोग गरीएको हुन्छ । बलले अथवा शरीरका कुनै भागले छोएको खण्डमा सेन्सरले काम गर्दछ तथा त्यसमा रहेको बत्ति उज्यालो भएर चम्किन्छ ।
प्रविधिले अम्पायर तथा थर्ड अम्पायरलाई निर्णय लिने क्षमतामा त सहयोग गर्यो तर पहिले प्रयोग तथा प्रचलनमा रहेको काठबाट तयार भएका स्टम्प तथा गिल्लीको प्राकृतिक तौलमा अतिरिक्त तौल थपिदियो । भयो के भने थपिएको अतिरिक्त तौलले आजभोली स्टम्पबाट गिल्लि हत्तपत्त खस्न छाडेका छन् र यो घटना प्रायः विभिन्न शैलीका अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाहरुमा निरन्तर घटन थालेका छन् । उदाहरण हिजो IPL 2019 अन्तर्गत भएको चेन्नई सुपर किंग्स तथा किंग्स ११ पञ्जाबबिचको खेलमा धोनीले विकेट पछाडीबाट लगाएको बलले विकेट भेट्यो र गिल्लीले पनि सटम्पबाट आफ्नो ठाउँ छाडेको थियो र सेन्सरले बत्ति पनि बालेको थियो । लाग्यो अब विकेट गयो तर विकेट झरेन गिल्ली जमिनमा नझरी स्टम्पमैं बसीदियो ।
हिजोको यो घटनापछि पुनः आज अर्को यस्तै घटना घटेको छ । राजिस्थान रोयल तया कोलकाता नाईट राईडर्सबिचको खेलको क्रममा राजिस्थान रोयलका तेज बलर धमल कुल्कर्णीको एउटा बलमा क्रिस लिन क्लिन बोल्ड भए, स्टम्पबाट राम्रो आवाज पनि आयो, गिल्लीले स्टम्पबाट आफ्नो ठाउँ छाड्दै बत्ति पनि बल्यो तर गिल्ली जमिनमा झरेन स्टम्प मैं बसिरह्यो । यो फास्टर बलरबाट गिल्लि नझरेको पहिलो घटना हो । यो अचम्म छ, यस्तो घटनाले क्रिकेटलाई कतातर्फ लाँदैछ, खेलाडीमा यसको कस्तो मानसिक अवस्था बनाउला ? म्याचका दौरान कमेन्टेटरमध्येका भारतीय टिमका पूर्व कप्तान तथा स्टार खेलाडी गौतम गम्भिरले समेत “यो अस्वभाविक छ, गिल्लीको बढेको तौलका कारण यस्तो घटना हुनु अस्वभाविक हो । यस बारे ध्यान दिन जरुरी छ ।” भनेका थिए ।
आज भएको दोश्रो खेलमा भने कोलकाता नाईट राईडर्सले राजिस्थान रोयललाई ३७ बल अगावै ८ विकेटले पराजित गरेको छ । जसमा ३२ बल खेल्दै क्रिस लिनले कोलकाताका लागि अर्धशतक बनाउन सफल भए भने सुनिल नारायणले ३९ बल खेल्दै ४७ रन बनाएका थिए ।
यस अघिको खेलमा भने दिल्ली क्यापिटल्सले रोयल च्यालेञ्जर्स बेंगलोर्स RCB लाई पराजित गरेको छ । यस संगै RCB को हारको श्रृंखला मा ५ औं हार जोडिएको छ । ५ वटा खेलमा पाँचवटै खेल गुमाएको RCB बिरुद्धको आज भएको खेलमा दिल्लि क्यापिटल्सका सन्दिप लामिछानेले १ विकेट लिन सफल भएका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,