एउटा पत्रकारको मृत्यु : डेकेन्द्र थापा कसरी मारिए ?


दैलेखका पत्रकार डेकेन्द्र थापाको लेखाई अनि विष्लेषण नपढ्ने मान्छे उतिबेला थिएनन, सन् २००४ मा तत्कालिन संघर्षरत माओवादी समुहले उनको बिभत्स हत्या गर्यो । डकेन्द्रको हत्याको केस अझै पनि न्यायको खोजिमा छ, उन्को केस प्रतिनिधि केस मात्र हो, थुप्रै डेकेन्द्रहरु मारिए अनि न्याय हराएको छ । सन् २००४ मा माओवादी समुहले दैलेख बजारको खानेपानीको पाइपलाईन काटिदिए अनि दैलेखका खानेपानी उपभोक्ता समितिका सभापती थिए, पत्रकार डेकेन्द्र थापा ।

उनी त्यसपछि माओवादी नेतृत्वसंग कुरा गर्छु र आफ्ना शहरवासीको खानेपानीको हाहाकार दुर गर्छु भनी निस्किए, अदम्य साहस र आत्मविश्वास नै यि पत्रकारको काल बन्न पुग्यो । डेकेन्द्रसंग अन्य २ जना साथीहरु कमल न्यौपाने र गोरख बहादुर सिंह् पनि थिए, माओवादी नेतृत्वलाई भेटेर समस्या सुल्झाउन यिनीहरु यात्रामा निस्किए । दैलेख बजार नजिकैको गाँउ भासिखोरमा ३ जनाले माओवादी जत्था भेटे जस्ले माओवादीको जिल्ला नेतृत्व टोली गाबिसमा भएको बताए । उनीहरु टोली गए तर माओवादी नेतृत्व भेट्न सकेनन् । त्यतिबेलासम्म उनीहरुले अन्य माओवादी कार्यकर्ताहरु भेटिसकेका थिए अनि जिल्ला नेतृत्व भेट्ने चाह र पानीको समस्या सुल्झाउने तिर्सनामा यि तिनजना हरेक दिन माओवादी नियन्त्रणका जगंलको भित्र भित्र छिर्दै गए । क्रमश नउमुले, बालुवाटार लगायतका गाँउमा उनीहरु पुगे । वास बस्दा माओवादीको आदेशमा गाँउलेहरुले यिनीहरुलाई वास दिए र क्रमश उनीहरु मृत्युसंग नजिक हुँदै गए । दैलेख बजार छाडेको २८ औं दिनमा यि ३ जनालाई द्धारी गाबिसमा लगियो, उत्तरी दैलेखको दुरदराजको यस गाबिसमा यिनीहरुले जिल्ला स्तरिय माओवादी नेतृत्व छवीलाल शाही र अलियास रन्जीतलाई भेटे ।

रन्जीतले ३ जनालाई थर्काउदै तुरुन्त दैलेख नफिर्किए जेपनि हुने बताए अनि डेकेन्द्रलाई भनें केहि हिसाबकिताब बाँकी भनी द्धारी मै राखे । साथीहरु गएपछि डेकेन्द्रलाई स्थानीय लक्ष्मीराम घर्तिमगरको घरमा एउटा कोठा दिएर राखिएको बताइन्छ, डेकेन्द्रले एउटा सानो पत्र घर्तिमगरलाई छाडेका थिए आफ्ना साथी कमलको नाममा, त्यस पत्रमा त्यहाँ निकै जाडो भएको केहि भित्रि लुगा र चिया अनि चिनी पठाउने अनुरोध लेखेका थिए । केहि दिनपछि लक्ष्मीरामको घरमा रहेका डेकेन्द्रलाई केहि माओवादी कार्यकर्ता आई छेउको बिधालयमा लगे । ३ जना कार्यकर्ताले बिधालयको बन्द कोठामा डेकेन्द्रलाई मरणसन्न पिटेको बताइन्छ । केहि समय अघि राजा ज्ञानेन्द्रको दैलेखमा भएको कार्यक्रममा डेकेन्द्र पनि थिए र यसै बिषयमा उनलाई आरोप लगाएर जासुस भनियो । खानेपानीबाट उठेको पैसो के गर्छस भन्दै उनका संवेदनशील अगंमा पिटिएको लक्ष्मीनारायण स्वयमले देखेका थिए । केहि माओवादी कार्यकर्ताहरुले डेकेन्द्रलाई गरिएको पुछताछका बिषयमा असहमती जनाएपनि केन्द्रको आदेश भनेंर सबैलाई चुप लगाइएको थियो ।

९ जना माओवादी कार्यकर्ताले मरणसन्न पीटेका डेकेन्द्रलाई अन्तमा लक्ष्मीनारायणको घरमा घिसार्दै लगियो, प्यास लाग्यो भनेंर ईशारा गरेका डेकेन्द्रको मुखमा परेको केहि थोपा पानी संगै सदाका लागि डेकेन्द्र अस्ताए । सशस्त्र द्धन्दको नमिठो यस अनुभव र घटनाको अझै पनि सुनवाई भएको पाइन्न, न्याय हराएको छ । माओवादी तर्फ यस घटना र यस्ता प्रतिको माफी या याचना सम्म पनि भएको छैन । डेकेन्द्रलाई मारिनु निन्दनीय थियो ।

:: द रेकर्ड नेपालको प्रतिवेदनको नेपाली अनुवादित संक्षेप


Loading comments...